सन्नी देओलमाथि दुई करोडको ठगीको आरोप : फिल्म निर्माताले भने – सन्नीले धेरै सम्पत्ति जोडे तर पैसा तिर्न बिर्से
बलिउडका चर्चित फिल्ममेकर सुनिल दर्शनले सन्नी देओलमाथि २ करोड भारतीय रुपैयाँ ठगी गरेको आरोप लगाएका छन् । सुनिल विगत २७ वर्षदेखि यसका लागि मुद्दा लड्दै आएका छन् । सन् १९९६ को कुरा हो, सन्नी अन्तर्राष्ट्रिय फिल्म वितरण कम्पनी खोल्न चाहन्थे ।
यसका लागि उनलाई सुनिल दर्शनले सहयोग गरे । समय बित्दै गयो तर सन्नीले त्यो पैसा फिर्ता गरेनन् । सन्नीले आफ्ना लागि धेरै सम्पत्ति जोडेको तर अरूको पैसा तिर्न भने बिर्सिएको सुनिलले आरोप लगाए ।
सुनिल दर्शनले यस विषयमा दैनिक भास्करसँग कुराकानी गरेका छन् ।
सन्नी वितरण कम्पनी खोल्न चाहन्थे
घटना सुनाउँदै सुनिलले भने– सन् १९९६ मा जब फिल्म ‘अजय’ को सुटिङ सकिन लागेको थियो, सन्नी देओलले मलाई उनको जन्मदिनमा एउटा आग्रह गरे । त्यति बेला उनी अन्तर्राष्ट्रिय फिल्म वितरण कम्पनी खोल्ने चाहन्थे । उनले मसँग फिल्म ‘अजय’ का विदेश वितरण अधिकार मागे ।
‘उनले मलाई पूर्ण रूपमा भुक्तानी गर्ने आश्वासन दिए । फिल्म सकियो र केही दिनपछि सन्नीले पैसाको बन्दोबस्त गर्न आफू लन्डन जान लागेको बताए । पैसा पाउने बित्तिकै उनले मबाट फिल्मको प्रिन्ट किन्ने पनि बताए । उसले मसँग दर्ताका लागि केही कागजहरू मागे। मैले उनलाई विश्वास गरे र ती कागजातहरूमा हस्ताक्षर गरेँ,’ उनले भने ।
‘उनको मान्छे प्रिन्ट लिन आए तर भुक्तानी भने लिएर आएनन् । म छक्क परेँ । सन्नीले फोनमा कुरा गर्दै लन्डनमा क्रिसमसको छुट्टीका कारण बैङ्क बन्द भएकोले पैसाको बन्दोबस्त हुन नसकेको बताए । मैले उनीमाथि विश्वास गरेर प्रिन्ट दिएँ । त्यसपछि सन्नीको वास्तविक अनुहार देखिन सुरु भयो ।’
सन्नीले व्यक्तिगत समस्या देखाएर पैसा दिन नसक्ने बताए
सुनिलले थप भने, ‘मैले धेरै महिनासम्म सन्नीसँग पैसा मागिरहेँ । कहिले हैदरावाद र कहिले जयपुर बोलाउँथे । उनले मुम्बईको फिल्म सिटीमा आफ्नो एउटा फिल्मको सुटिङ गरिरहेका थिए । म हरेक दिन उनको सेटमा जान्थेँ तर उनी त्यहाँ पनि टाढै बस्थे । उनी जयपुर गए, उनले आफ्नो व्यक्तिगत समस्याको कारण पैसा तिर्न अस्वीकार गरे ।
त्यसपछि एक दिन उनले मसँग कुरा गरे । सन्नीले आफू एउटा फिल्मको सुटिङ गरिरहेको र निर्माणमा मेरो सहयोगको चाहिएको बताए । यो फिल्म सकिएपछि उनले मसँग एउटा फिल्ममा बनाउने र यसमा पैसा मिलान हुने बताए ।
मैले उनीसँग दुई वटा फिल्म गरेँ, त्यसैले यो कुरामा पनि मैले विश्वास गरेँ । ६ महिना बितिसक्दा पनि उनी फर्किएनन् । न फिल्म बन्यो न पैसा तिरे ।
सन्नी पहिलो दिनदेखि नै पैसा फिर्ता गर्न चाहँदैनथे
सुनिल दर्शनले करिब चार वर्षसम्म सन्नीको पछि दौडिरहेको बताए । यस क्रममा सन्नीका केही फिल्म फ्लप भए भने केही हिट पनि भए । सुनिलले भने– ममाथि गलत भइरहेको थियो, त्यसैले आफ्नो अधिकारका लागि अदालत गएँ ।
‘सन्नीले अदालतमा आफूसँग फिर्ता गर्ने पैसा नभएकाले मसँग फिल्म गर्ने कुरा गरे । तर, उसले मलाई फेरि मूर्ख बनाए । कहिले कथा परिवर्तनको माग गर्थे त कहिले व्यस्तताको बहाना बनाउँथे । समग्रमा, पहिलो दिनदेखि उनको मेरो पैसा फिर्ता गर्ने कुनै मनसाय थिएन ,’ उनले भने ।
२७ वर्षदेखि म मेरो पैसाको लागि अदालतको चक्कर लगाइरहेको छु
सुनिल दर्शन भन्छन् – २७ वर्ष भइसक्यो, म अझै पनि पैसाको लागि अदालतको चक्कर लगाइरहेको छु । मैले धेरै प्रयास गरेँ यो मामिला सुल्झाउने तर यो मान्छेले अदालतको फैसला पनि मानिरहेका छैनन् । पैसा दिने उनको मनसाय छैन ।
‘हाम्रो स्थापित रकम एक करोड ७७ लाख २५ हजार भारतीय रुपैयाँ छ । सन्नी आफैँले धेरै सम्पत्ति कमाए तर मानिसहरूको पैसा फिर्ता दिन भने बिर्सिन्छन् । यद्यपि, मलाई कानुनमा विश्वास छ र आशा छ कि मैले मेरो पैसा पक्कै पाउनेछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई
-
बिहीबारदेखि सभापति कप फुटबल