भ्रष्टाचारको अन्त्य गर्न राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्छः मन्त्री किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।
बिहीवार नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री किराँतीले देशको प्रमुख शत्रु भ्रष्टाचार, अशिक्षा र गरिबी भएको बताएका हुन् । उनले भ्रष्टाचार, अशिक्षा र गरिबी देशको साझा शत्रु भएको उल्लेख गर्दै उहाँले यसलाई राष्ट्रिय एकताका साथ परास्त गर्नुपर्ने बताए ।
उनले यसको निम्ति राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताए । उनले सो राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पुष्पकमल दाहालले नै गर्नुपर्ने बताए । मन्त्री किराँतीले राष्ट्रिय सहमतिको सरकारले नै भ्रष्टाचार, गरिबी र अशिक्षाको अन्त्य गर्नसक्ने बताए ।
उनले भने, ‘हाम्रो अहिलेको सबभन्दा ठूलो प्रमुख शत्रु भनेको भ्रष्टाचार हो । हाम्रो प्रमुख सत्रु भनेको अशिक्षा हो । एक्काइसौँ शताब्दीको यो घडीमा हामीलाई भ्रष्टाचार र अशिक्षा सैह्य छैन । भ्रष्टाचार साझा सत्रु हो भने हामीले मिलेर राष्ट्रिय एकताका साथ नै यसलाई परास्त गर्नुपर्छ भन्ने लाग्छ । भ्रष्टाचार पनि देशको साझा शत्रु हो भने, अशिक्षा र गरिबी पनि हाम्रो देशको साझा शत्रु हो भने हामी राष्ट्रिय सहमतिको सरकारतिर जाऔँ । राष्ट्रिय सहमतिको सरकारबाट हामीले यो गरिबीको अन्त्य गर्ने, भ्रष्टाचारको अन्त्य गर्ने, अशिक्षाको अन्त्य गर्ने बाटो अवलम्वन गर्नसक्छौँ । राष्ट्रिय सहमतिको सरकार प्रचण्ड नेतृत्वमै बनाऔँ । किनभने यही नेतृत्वमै देखियो अपm्ठ्यारो परेको बेला निकास दिनसक्ने । उस्तै परे भत्काउन पनि आँट गर्नसक्ने । त्यसो भएको हुनाले यही नेतृत्वमा पहिला राष्ट्रिय सहमतिको सरकार बनाएर जाऔँ । राष्ट्रमा यति ठूलो संकट छ । राष्ट्रिय सहमतिको सरकार बनाउँदाखेरी थुप्रै राजनीतिक पार्टीहरुले भाग लिदाँखेरी सरकारमा अटाउनुपर्ने अवस्था आयोभने सबभन्दा पहिले हामीले त्याग्न तयार हुनेछौँ । सबभन्दा पहिले म त्याग्न पनि तयार हुनेछु ।’
उनले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि पुराना ऐन, कानूनका कारण समस्या भइरहेको उल्लेख गर्दै नयाँ ऐन, कानूनहरु निर्माण गर्दै गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडक पिच हुन थालेपछि किसानलाई कृषि उत्पादन बजारसम्म लैजान सहज
-
१४ ओभरको खेलमा पञ्जाबले मार्यो वाजी, ५ विकेटले हार्यो बैंग्लुरु
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न