नेपालमा नक्कली बाख्राको खोर देखाएर अनुदान खाने कम्युनिस्ट छन् : महासचिव विप्लव

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव' ले नेपालमा नक्कली बाख्राको खोर देखाएर अनुदान खाने कम्युनिष्टहरु रहेको बताएका छन् ।
बिहीबार वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले एमसीसी जनताको हितमा नभएको दाबी गरेका हुन् ।
महासचिव विप्लवले दलाल पुँजीपतिले नेपाललाई गम्भीर मोडमा लगिरहेको बताए । उनले क्रान्तिबाट प्राप्त उपलब्धिको रक्षाका लागि कम्युनिस्ट पार्टीहरु एक ठाउँमा उभिनुपर्ने बताए ।
महासचिव विप्लवले कम्युनिस्ट पार्टीहरु समाजवादी मोर्चामा आउनुपर्ने बताएका हुन् । उनले अहिलेसम्म कसैको अधीनमा नरहेको नेपाललाई आफ्नो नियन्त्रणमा राख्ने प्रयास भइरहेको बताए ।
उनले भने, 'हामी क्रान्तिकारीहरू त्यसविरुद्ध लड्न तयार छौँ । समाजवादी मोर्चा क्रान्तिको प्रतीक हो । नेपालमा सामन्तवादीहरुको चकचकी थियो । तर त्यो सामन्तवादलाई परास्त गरेका थियौँ ।'
महासचिव विप्लवले नेपालमा अर्को क्रान्तिको पुनः आवश्यक रहेको बताए । क्रान्ति पुरा गर्न समाजवादी मोर्चाको तयारी गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलले तोडे दीपेन्द्रको रेकर्ड
-
दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी, भुवन महरा पुनः सभापति निर्वाचित
-
बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा पूर्णरूपमा ठप्प
-
डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु, सात जना घाइते
-
वर्षाले वायु प्रदूषणमा राहत
-
तस्बिरमा हेर्नुहोस् हिउँदे वर्षाले निथ्रुक्क काठमाडौँ