पेरिसमा अब सार्वजनिक भाडाका विद्युतीय स्कुटर चलाउन नपाइने
![पेरिसमा अब सार्वजनिक भाडाका विद्युतीय स्कुटर चलाउन नपाइने](https://npcdn.ratopati.com/media/news/cityscoot_bild_cropped_yQgKpv5JCe.gif)
पेरिस । फ्रान्सको पेरिसमा सार्वजनिक भाडामा चल्ने विद्युतीय स्कुटरहरुलाई प्रतिवन्ध लगाइने भएको छ ।
शुक्रवारबाट शहरमा सार्वजनिक भाडामा लिएर विद्युतीय स्कुटरहरु चलाउन नपाइने भएको हो । यस वर्षको अप्रिल २ मा १ लाख पेरिसवासीले गरेको मतदानमा लगभग ९० प्रतिशत मतदाताले सार्वजनिक इलेक्ट्रिक स्कुटर, अपरेटर र पेरिस शहरकोबीचमा भएको सम्झौताको बिरुद्धमा मतदान गरे । इलेक्ट्रिक स्कुटर सार्वजनिक रुपमा भाडामा लिएर चलाउन पाउने अभियान सन् २०१८ मा शुरु गरिएको थियो । एक पेरिस निवासीले विद्युतीय सार्वजनिक स्कुटर हटाउनु राम्रो नभएको बताए । मेट्रो र आफैँ निजी सवारी चलाउन नसक्नेहरुका लागि सार्वजनिक विद्युतीय स्कुटर राम्रो भएको उनको भनाइ थियो ।
अर्का एक स्थानीयले इलेक्ट्रिक स्कुटर आरामदायी रहेको बताए । उनले नजिकैको स्थानमा घुम्नको लागि यो एकमात्र सही साधन भएको बताए ।
केही दुर्घटना हुनेकुरा सामान्य भएको र त्यसलाई कम गद लैजान सकिने उनको मनाइ थियो । सार्वजनिक यातायात सबै बन्द भइसकेपछि इलेक्ट्रिक स्कुटर नै एकमात्र माध्यम बन्ने उनको भनाइ थियो ।
अर्का एक वासिन्दाले भने ई. स्कुटरले धेरै दुर्घटना निम्त्याएकाले प्रतिवन्ध लगाउनु राम्रो भएको बताए ।
ई.स्कुटर प्रतिवन्ध लगाउँदा पैदल यात्रु दुर्घटनाबाट बच्ने उनको भनाइ छ । ई स्कुटर चलाउनेले ट्राफिक नियमको पालना नगर्दा धेरै दुर्घटना भएकाले यो निर्णय गरिएको हुनसक्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीका बोर्ड सदस्यकै कलेजको कन्तबिजोक, विद्यार्थीको बिचल्ली
-
पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने
-
कोशी प्रदेशसभा : विधेयक सर्वसम्मतले पारित
-
पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात
-
सैफ अली खानमाथि आक्रमण भएको रात छोराले सोधेको थियो - तिमी मर्न लागेको हो र ?
-
नाबालिगलाई घरेलु कामदार बनाउने एमाले सांसदविरूद्ध मुद्दा नचलाउने सरकारी वकिलको निर्णय