बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

नम्रताले दिएको दुःख खोल्दै निर्देशक गुरुङले भने, ‘सारुकको आमाले मनमा उब्जिएको प्रश्नको जवाफ पाउनुपर्छ’

बिहीबार, १४ भदौ २०८०, १२ : २५
बिहीबार, १४ भदौ २०८०

काठमाडौँ । फिल्म ‘ह्यासट्याग माया’का निर्देशक राजीव गुरुङले महिला भएकै कारण सधैँ महिला ठिक र पुरुष भएकै कारण सधैँ पुरुष बेठिक नहुने बताएका छन् । फिल्म ‘ह्यासट्याग माया’ निर्माण समयमा अभिनेत्री नम्रता श्रेष्ठले आफूलाई दिएको अनेक दुःखहरू खोल्दै उनले सो बताएका हुन् ।

सामाजिक सञ्जालमा नम्रताको कारण फिल्म निर्माणमा पाएको दुःखका ताती खोल्दै गुरुङले आत्महत्या प्रकरणमा सारुक ताम्राकारले न्याय पाउनुपर्ने जोड दिएका छन् ।

आफूले राम्रो फिल्म निर्माण गर्न अभिनेत्री नम्रताको हरेक डिमाण्ड पुरा गरेको बताएका गुरुङले नम्रताले दिएको दुःख र तान्त्रिकमा गराएका खर्चको प्रमाण आफूसँग सुरक्षित रहेको र आवश्यक परे देखाउन तयार रहेको समेत बताएका छन् । 

केही दिन अगाडि अभिनेत्री नम्रताले सामाजिक सञ्जालमा आफ्नो मौनता कमजोरी नठानियोस् भन्ने कडा अभिव्यक्ति दिएपछि  निर्देशक गुरुङले पनि फिल्म निर्माणको क्रममा कुरा खोलेका हुन् ।

‘महिलामाथि आज कसैलाई यो परिवेशमा अन्याय भएको छ भने ती महिला हुन् स्वर्गीय सारुककी आमा जसले अनाहकमा आफ्नो काख उजाड बनाउन पुगिन् र यही तोडमा श्रीमान्लेपनि संसार छाडेपछि अथाह वेदनामा छिन्’, गुरुङ अगाडि लेख्छन् ‘सारुक भाइको आमाले उनको मनमा उब्जिएको प्रश्नको जवाफ पाउनपर्छ । 

अनुसन्धान गरिरहेको प्रहरीको अनुसन्धानले के भन्छ । त्यो पनि सार्वजनिक हुनपर्छ । मुलुकको न्याय प्रणालीमा मलाई पूर्ण विश्वास छ, यो घटनाले उब्जाएका तमाम प्रश्नको जवाफ न्यायको कसीमा बसेर कानुनले दिनेमा म आशावादी छु ।’

आफ्नो लगानी सपना र मिहिनेत सारुकको जीवनको अघि केहि नभएको बताएका उनले सारुकले न्याय पाउनुपर्ने पुनः दोहोर्‍याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप