भक्तपुरमा प्रहरी देखेपछि पेस्तोल फालेर युवक फरार भएपछि...

काठमाडौँ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ स्थित लोकन्थलीमा पेस्तोल बोकेका दुईजना युवक र प्रहरीबिच जम्काभेट भएको छ । गस्तीमा खटिएको प्रहरीसँग जम्काभेट भएपछि ‘सर्च’ गर्न खोज्दा एक जना युवक फरार भएका छन् । करिब ३० वर्षका अश्विन दाहाल चेकजाँचको क्रममा फरार भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठकले रातोपाटीलाई बताए ।
मंगलबार साँझ लोकन्थी स्थित कखरा स्कुल नजिकैबाट प्रहरीले उदयपुरको बलैया नगरपालिका घर भएका ४० वर्षीय जंगे माझीलाई भने पक्राउ गरेको छ । जंगेको साथमा एक थान कटुवा पेस्तोल भेटिएको डिएसपी पाठकले जानकारी दिए ।
बा.४३ प ९००० नम्बरको स्कुटरमा सवार अश्विन दाहालले फालेर भागेको पेस्तोल पनि प्रहरीले बरामद गरेको छ । उनीहरूले लुटपाट गर्ने योजना बनाएर पेस्तोल लिएर हिँडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य व्यवस्था समितिमा पुगे निजामती ट्रेड युनियनका प्रतिनिधि, ११ बुँदे ज्ञापनपत्र हस्तान्तरण
-
सरकारी वेबसाइटहरु डाउन, किन भयो यस्तो ?
-
काभ्रेको रोशीमा आगलागीमा परेका दुई बालबालिकाको उद्धार
-
टर्कीद्वारा ८९ जना शंकास्पद आईएस सदस्य पक्राउ
-
थाइल्यान्डमा लोक सांस्कृतिक कार्यक्रम देखाएर फर्कियो एभरेस्ट कल्चरल ग्रुप
-
बीवाईडीले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इयर' अवार्ड