पुनरागमन गर्दै चेल्सी काराबाओ कपको अर्को चरणमा
बिहीबार, १४ भदौ २०८०, ११ : १३

लण्डन । लिग टू टोली एएफसी विम्बेल्डनविरुद्ध पुनरागमन गर्दै चेल्सी काराबाओ कपको अर्को चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा चेल्सी २–१ गोलले विजयी भएको हो ।
स्टामफोर्ड ब्रिजमा पाहुना टोलीले खेलको १९ औँ मिनेटमा नै अग्रता लिएको थियो । चेल्सीका गोलकिपर रोबर्ट सान्चेजले फल हानेपछि पाएको पेनाल्टीलाई जेम्स टिलेले सजिलै गोलमा परिणत गरेका थिए ।
तर, पहिलो हाफको इन्जुरी समयमा चेल्सीले पनि पेनाल्टी पायो जसमा नोनी माडुएकेले गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा एन्जो फर्नान्डेजले गोल गर्दै चेल्सीको पुनरागमन पूरा गरे । अन्य खेलमा ब्ल्याकबर्न, बर्नली, लिंकन सिटी र एभर्टनले जीत हासिल गर्दै प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
विद्यार्थीका सिर्जनामा स्वयम्भूका सभ्यता, संस्कृति र सम्पदा
-
९१ वटा कृषि फार्म र सहकारीलाई तीन करोड अनुदान
-
धरानलाई हराउँदै काठमाडौँ फाइनलमा प्रवेश
-
यस्तो देखियो नेपालले हार्दा, तस्बिरहरु
-
राप्रपाको युवा संगठनद्वारा विरोध प्रदर्शन, रामहरि खतिवडाको पुत्ला दहन