पाकिस्तानसँग पराजित नेपाली टिमलाई बालेनको ढाडस : हामी हिँडेको बाटो गलत छैन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पाकिस्तानसँग पराजित नेपाली क्रिकेट टिमलाई ढाडस दिँदै सफलताका लागि हिँड्नुपर्ने बाटो यही नै रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्टाटस लेख्दै बालेनले नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कासँगको कुराकानीलाई पनि समेटेका छन् ।
पारससँगको कुरा उल्लेख गर्दै बालेनले लेखेका छन्, ‘उहाँ भन्नु हुन्थ्यो– २००८ ताका हामीलाई युएईको बलरसँग खेल्न एकदम गाह्रो हुन्थ्यो । बलको पेस र स्विङले गर्दा बल कहाँदेखि आउँथ्यो, हामीलाई थाहा नै हुन्न थियो । हामी उनीहरुसँग खेल्दै गयौँ । सिक्दै गयौँ ।’
अहिले एसोसिएट देशहरुमा नेपालको अवस्था फरक रहेको उल्लेख गर्दै बालेनले अगाडि लेखेका छन्, ‘हिजो पाकिस्तानसँगको खेल पनि हामीले देख्दा पारसजीले भनेजस्तै रहेको देखियो । हामीलाई पाकिस्तानी खेलाडीका तीब्र बलको सामना गर्न अलिक मुस्किल नै पर्यो । बाबर आजमजस्ता खेलाडीलाई बलिङ गर्नु पर्दा हाम्रा खेलाडीहरुलाई सुरुवातमा केही धक रहेजस्तो देखियो ।’
तर हामीले हिजोबाट सिकाइको नयाँ चरण भोगेको बालेनको भनाइ छ । त्यो सिकाइले हामीलाई भारतसँग खेल्न केही सहज बनाउने विश्वास उनले व्यक्त गरेका छन् ।
‘अझै यस्तै विश्वस्तरीय टिम र खेलाडीहरुसँगको सिकाइले केही वर्षमा नै युएईहरुसँग सिकेर हामीले एसोसिएट मुलुकसँग राम्रो खेल्न सकेजस्तै भारत, पाकिस्तान जस्ता देशहरुसँग पनि अवश्य राम्रो गर्ने छौँ,’ बालेनले लेखेका छन्, ‘बाटो लामो छ तर सफलताका लागि हिँड्नु पर्ने बाटो यही हो । लगाउनु पर्ने हारहरुका मालाहरु पनि यिनै हुन् ।’
उनले खेलाडी, व्यवस्थापक र समर्थकहरुलाई सम्बोधन गर्दै लेखेका छन्, ‘हामी हिँडेको बाटो गलत छैन । जय नेपाल ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एयरपोर्टमा पार्किङ शुल्क असुल्न ठेक्का आह्वान
-
अमेरिकामा सरकारी कर्मचारी हटाउन मस्कको अर्को निर्णय
-
पाकिस्तानी गजलकार गुलाम अली काठमाडौँमा गुञ्जने
-
प्यालेस्टिनी कैदीहरूको रिहाइमा इजरायलको आनाकानी, राखियो सर्त
-
बागमती प्रदेश विश्वविद्यालयको डीन नियुक्तिका लागि आवेदन आह्वान
-
नेपाल नर्सिङ परिषदद्वारा पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित