सरकारले राजनीतिलाई गलत बाटोमा लगिरहेको छ : प्रदिप ज्ञवाली

जनकपुरधाम । नेकपा एमालेका उपमहासविच प्रदिप ज्ञवालीले सरकारले मुलुकको राजनीतिलाई गलत बाटोमा लगिरहेको आरोप लगाएका छन् । बुधबार सिरहाको सर्रे अम्बासमा भएको पार्टीको सचिवालय बैठकपछि बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
ज्ञवालीले भ्रष्टाचारलाई ढृढतापूर्वक नियन्त्रण गर्नुको साटो सेलेक्टिभ ढंगले छनौट गरी आफ्नो मान्छेलाई जोगाउने र अरुलाई तर्साउने ढंगले गरेको निर्णय भेदभावपूर्ण भएको बताए । उनले भने, ‘चाहे ललिता निवासको कुरा होस्, सुन प्रकरणको कुरा होस् , चाहे अरु कुनै प्रकरणको कुरा होस् त्यो सबै निर्णय उठाएका कदमहरु भेदभावपूर्ण छन् । राजनीतिक उदेश्यले प्रेरित छन् ।’
सरकारले भ्रष्टाचार नियन्त्रण गर्न भन्दा पनि सत्तामा टिकिरहने मनसायले यस्तो कामहरु गरिरहेको उनले बताए । महासचिव ज्ञवालीले गिरीबन्धु टि स्टेट प्रकरणमा आफूहरुले कुनै गल्ती नगरेको बताउँदै त्यसमा सरकारलाई इच्छा भए छानबिन गर्न सुझाए ।
सचिवलायको बैठकमा ८ बुँदे प्रस्ताव पारित भएको उपमहासचिव ज्ञवालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा मन्त्रालयले कुलमानलाई बर्खास्त गर्ने प्रक्रिया अघि बढाउने !
-
बार मतदाता नामावली विवाद : आन्दोलनरत पक्ष र समितिबिच वार्ता सुरु
-
अमेरिकामा चीप बनाउन १ खर्ब डलर लगानी गर्दैछ ताइवानको टीएसएमसी
-
युक्रेनलाई दिएको सहायताभन्दा धेरै रकमको रुसी तेल किनेको भन्दै युरोपप्रति ट्रम्प आक्रोशित
-
पोखरा महानगरका मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्धको मुद्दामा सुनुवाइ हुँदै
-
कांग्रेसद्वारा प्रदेश तहमा संविधान संशोधनको एजेन्डामा छलफल, विश्वस्त छैनन् विपक्षी दल