पाँच विद्यार्थी संगठनसँगको सहमितलाई अनेरास्ववियुले भन्यो- धोकापत्र
काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थानको शुल्क वृद्धिबारे भएको सहमतिलाई एमाले निकट विद्यार्थी संगठनले आपत्ति जनाएको छ । अनुरास्ववियुले उक्त सहमति पत्रलाई धोका पत्रको संज्ञा दिएको छ ।
भोलि बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर उक्त सहमति पत्र जलाउने कार्यक्रम रहेको अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए ।
पाँच दल निकटका विद्यार्थी संगठनहरूसँग भएको वार्ताको क्रममा शुल्क वृद्धि फिर्ता लिने सहमति भएको थियो । उक्त वार्तामा अनेरास्ववियुलाई बोलाइएको थिएन । शुल्क निर्धारण समितिको बैठकबिना तथा कुनै पनि सदस्यहरूलाई जानकारी नदिई सत्तारूढ विद्यार्थी संगठनसँग सहमति गरिएको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो ।
संस्थानले गरेको शुल्क वृद्धि फिर्ता लिने गरी त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटासहितको अधिकारीले सत्तारूढ विद्यार्थी संगठनहरूसँग सहमति गरेका छन् । सहमति गरेको केही घण्टामै अनेरास्ववियुले आपत्ति जनाउँदै सहमति पत्रलाई धोका पत्रको संज्ञा दिएको हो ।
बिहीबार बिहान प्रधानमन्त्री निवास घेराउ गर्नुका साथ उक्त सहमति पत्र जलाइने उपाध्यक्ष घर्तीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’