एसिया कप
२८ रन बनाउँदै आउट भए सोमपाल
बुधबार, १३ भदौ २०८०, २१ : ०६

काठमाडौँ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानले दिएको तीन सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पाँचौं विकेट गुमाएको छ । पाँचौं विकेटका रुपमा सोमपाल कामी पेभेलियन फर्किएका हुन् ।
उनी ४६ बलमा चार चौकाको मद्दतले २८ रन बनाउँदै आउट भए । उनलाई पाकिस्तानी बलर ह्यारिस रउफले मोहम्मद रिजवानद्वारा क्याच गराए । नेपालले १७ ओभरमा पाँच विकेट गुमाएर ८२ रन बनाएको छ ।