पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई हिरासतमा राख्न आदेश

इस्लामावाद । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गोप्य दस्तावेजहरू सार्वजनिक गरेको आरोपमा जेलमा राख्न आदेश दिएको छ । इस्लामावाद उच्च अदालतले मङ्गलबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
पाकिस्तानका सबैभन्दा लोकप्रिय राजनीति नेता खान गत वर्ष सत्ताबाट हटेदेखि धेरै कानुनी मुद्दामा फसेका छन् । उनीमाथि दुई सयवटा मुद्दा लगाइएका छन् । नेता खानले आफूलाई आगामी चुनाव लड्नबाट रोक्न गरिएको षडयन्त्रअनुरुप ती मुद्दा लगाइएको दाबी गरेका छन् ।
नेता खानका वकिल सलमान सफदरले औपनिवेशिक युगको गोप्य कानूनअन्तर्गत नेता खानलाई दुई हप्ता थुन्न म्याद थपिएको बताएका छन् । सैन्य मुद्दा चलाउन प्रयोग हुने कानुन उनीविरुद्ध लगाइएको सफदरले बताए । भ्रष्टाचारको आरोपमा खानमाथि गरिएको तीन वर्षको जेल सजाय मङ्गलबार उल्ट्याइएको थियो ।
नेता खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) पार्टीका उपाध्यक्ष, पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि यस मुद्दामा पक्राउ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रादेशिक अस्पताल एसएमएस मूल्याङ्कनमा उत्कृष्ट
-
के हो चीनमा भेटिएको कोभिडजस्तै नयाँ भाइरस एचकेयू ५–कोभ २ ?
-
बहुआयामिक महत्वको मधानी महोत्सव सुरु
-
६ महिनामा १४ हजार सैनिक विपद् व्यवस्थापनमा परिचालन
-
दुबई पुगेका उपेन्द्रले भने- विभेदकारी राज्य ध्वस्त पार्न अन्तिम लडाइँ लड्नुपर्छ
-
कम्युनिस्ट नेताहरूको छोराछोरी कहाँ कहाँ पढ्छन् सार्वजनिक गरौँ : सुदन किराती