इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्क फिर्ता
![इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्क फिर्ता](https://npcdn.ratopati.com/media/news/engineering_rVB2IiaONM.jpg)
काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको शुल्कको निर्णय फिर्ता लिएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटासहितको अधिकारीले पाँच विद्यार्थी संगठनसँग गरेको सहमतिपछि शुल्क वृद्धिको निर्णय फिर्ता भएको हो ।
आज त्रिविका तथा विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरूबीच ५ बुँदे सहमति भएको छ । उक्त सहमतिसँगै संस्थानले शुल्क वृद्धिको निर्णय फिर्ता लिएको छ । विद्यार्थी संगठनहरूले समेत आफ्ना आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू फिर्ता लिएका छन् ।
सहमति अनुसार विद्यार्थीका प्रतिनिधिसहित समिति गठन गर्ने र उक्त समितिले दिएको प्रतिवेदनको आधारमा अघि बढ्ने भन्नेछ । त्यस्तै उक्त शुल्क लागू गर्न सहमत भइसकेको अवस्थामा हाल स्थगित गरिएका प्रवेश परीक्षा लगायत सबै कार्यक्रमहरु सुचारु गर्ने सहमति समेत भएको छ ।
संस्थान अन्तर्गतका अन्य परीक्षाहरु यथावत् संचालनमा कुनै किसिमको बाधा अवरोध नगर्ने र आमरण अनशन लगायतका सबै आन्दोलनका कार्यक्रमहरु फिर्ता गर्ने सहमति भएको हो ।
उक्त सहमति अनुसार संस्थानले शुल्क वृद्धिको निर्णय फिर्ता लिने निर्णय गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता