एमसीसीविरुद्ध राष्ट्रिय जनमोर्चाद्वारा बुटवलमा प्रदर्शन
बुधबार, १३ भदौ २०८०, १८ : ५३

बुटवल । राष्ट्रिय जनमोर्चाले एमसीसीको विरोधमा बुटवलमा प्रदर्शन गरेको छ ।
बुटवलमा आयोजित कोणसभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलमले एमसीसी नेपाल र नेपालीको हितमा नभएको बताए ।
एमसीसी परियोजनाले नेपालको सार्वभौमिक, स्वतन्त्रता र स्वाधीनतामाथि गम्भीर खतरा रहेको भन्दै उनले एमसीसी खारेजी गर्नुपर्ने बताए ।
नेकपा मसाल रुपन्देहीका प्रवक्ता लालचन पन्तले एमसीसी अमेरिकाको सहयोग नभई लगानी भएकाले खारेज गर्नुको विकल्प नभएको बताए ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीले कोशी, गण्डकी सम्झौता र महाकाली सन्धि नेपालीले विरोध गर्दागर्दै पास गरिँदा अहिले धोका भएको बताउँदै एमसीसी पनि नेपालको लागि धोका हुने बताए ।
सर्तसहितको एमसीसी र संघीयता नेपालको हितमा नभएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘फेक पत्र’ले पक्राउ परेका रेशम चौधरी रिहा
-
नायिका पन्तलाई प्रधानमन्त्री ओलीको ढाडस– स्वतन्त्रताको झन्डा उठाउने थुप्रै छन्
-
यी हुन् कलेजो बिगार्ने ६ कुरा
-
सीके राउत पुगे डिल्लीबजार कारागार
-
नेप्से परिसूचकमा लगातार तेस्रो दिन गिरावट
-
विवादित पात्र महिमानसिंह विष्ट : गाविस अध्यक्षलाई सरुवाको धम्कीदेखि रेशमलाई थुन्ने पत्रसम्म