तस्करले सुन गाल्न प्रयोग गर्ने अत्याधुनिक दुई वटा मेसिन बरामद
बुधबार, १३ भदौ २०८०, १८ : ०२

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले राजधानीको विभिन्न स्थानमा छापा मारेर अवैध रुपमा काठमाडौँमा भित्रने सुन गाल्न प्रयोग हुने दुई वटा अत्याधुनिक मेसिन बरामद गरेको छ ।
सुन तस्करहरुले ती मेसिनको प्रयोग गरेर सुन गाल्ने गरेको सूचनाका आधारमा छापा मारिएको सीआईबी स्रोतको भनाइ छ ।
सीआईबीले पछिल्लो समय भेपमा सुन तस्करी र ६० किलो सुन तस्करीमा छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ। आजमात्रै प्रहरीले पेपमा सुन तस्करी आरोपमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरापुत्र राहुललाई पक्राउ गरेको छ ।
यस्तै ६० किलो सुन तस्करी प्रकरणमा पनि थप दुई जनालाई पक्राउ गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता