ललिता निवास प्रकरण
१० जना प्रतिवादीको बयान सकियो
बुधबार, १३ भदौ २०८०, १७ : १०

काठमाडौँ । ललिता निवास क्याम्पभित्रको जग्गा हडप्न सरकारी कागजात कीर्ते प्रकरणमा प्रक्राउ गरेका प्रतिवादीमध्ये १० जनाको बयान सकिएको छ । काठमाडौं जिल्ला अदालतमा जारी बयानमा बुधबारसम्म १० जनाको बयान सकिएको हो ।
काठमाडौं जिल्ला अदालतका सुचना अधिकारी दिपक दाहालका अनुसार सोमबार दुईजना, मंगलबार तीनजना र बुधबार ५ जनाको बयान सकिएको हो । यद्यपि को को बयान सकिएको हो भन्ने विषयमा भने सूचना अधिकारी दाहालले खुलाएनन् । ललितानिवास प्रकरणमा पक्राउ परेकाहरुलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने कि थुनाबाहिर राखेर
मुद्दा लड्न पाउने भन्ने सम्बन्धमा बयान जारी छ । बयान सकिएपछि अदालतमा थुनछेक बहस हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस