सुनकाण्डपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ कर्मचारीले मागे सरुवा

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ कर्मचारीले सरुवा माग गर्दै सामुहिक रुपमा भन्सार विभागका महानिर्देशकलाई पत्र पठाएका छन् । भदौ १२ गते विमानस्थल भन्सार कार्यालयका २८ भन्सार अधिकृतसहित १३७ जनाले सामुहिक रुपमा पत्र पठाएका हुन् ।
६० किलो सुन भन्सार छलेर जाँचपास भएको भन्ने घटनापछि विभिन्न निकायबाट गरिएका अनुसन्धान र छानबिनको बहानामा आफूहरुलाई बिना कारण दुःख दिएको, मानसिक रुपमा क्षतविक्षत बनाउने कार्यले कार्यालयमा रहेर कामकाज गर्न कठिनाइ भएको उनीहरुको भनाइ छ ।
‘सो घटनामा दोषी जो कोहीलाई कानुन बमोजिम कारबाही गरियोस् भन्ने कुरामा हाम्रो दुई मत रहेन तर कर्तव्य पालनाको सिलसिलामा खटिएका कर्मचारीहरुमाथि अनावश्यक रुपमा धरपकड गर्ने, प्रमाणबिना थुन्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदा नहुँदैसमेत पक्राउ गरी दुःख दिने नियत देखिएको हुँदा कार्यालयमा उपस्थित भइ तोकिएको कार्यजिम्मेवारी पूरा गर्न हामी कर्मचारीहरुमा व्यक्तिगत मनोवैज्ञानिक त्रास उत्पन्न भएको छ,’ विभागका महानिर्देशकलाई लेखिएको पत्रमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
तुलसीपुर बजार क्षेत्रका विद्युत तार फेरियो
-
पर्यटन प्रवर्द्धन : मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा
-
बेलौरीका अति विपन्न परिवारलाई सुरक्षित घर
-
आधुनिक यन्त्रले किसानलाई आलु खेती गर्न सहज
-
ट्रम्पसँग बाझेर ह्वाइटहाउसबाटै बाहिरिए जेलेन्स्की, भने-पुटिनसँग कुनै सम्झौता हुन्न