हारपछिको जित
बुधबार, १३ भदौ २०८०, ११ : २७

हार्नुको अर्थ हार मात्र होइन
जितको अन्तर्य पनि हो
त्यसैले म आज हारहरूलाई जितिरहेको छु
मान्यजनका अगाडि पहिले मैले हार्नु छ
पन्छाउनु छ हारको बाटो
पुग्नु छ हार्दै गन्तव्यमा
हार्नेहरूले कहिल्यै जित्दैनन् भनी भ्रममा नबसौँ
आमाबुवाका अगाडि हार्नु पर्छ
दाजुको अगाडि हार्नु पर्छ ।
कक्षामा शिक्षकसँग हार्नु पर्छ
कार्यालयमा प्रमुखसँग हार्नु पर्छ
बर्खामा पानी नपाएर रोपाइँ गर्न नपाउँदा
घरपुग्ने बाटोमा सिँढी लगाउन नपाउँदा
मेलामा मेलो सार्न नपाउँदा
राजनीतिमा राज गर्न नपाउँदा
यो समाजमा मैले हारिरहेको छु
हार्नुसम्म हारेँ, अब मैले जित्नु छ
खै अब कसलाई जित्नु ?
ए साँच्ची मैले अरूसँग हारेको मात्र हुँ
आफूलाई त हारेको छैन
त्यसैले अब अरूलाई हारेको मैले
म आफैँलाई जित्नु छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन डलर, दिराम, दिनार र रियालको भाउ ?
-
एम्बाप्पे विनाको खेलमा रियाल विजयी, भाल्भर्डले उभ्याए उपाधि दौडमा
-
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शर्मालाई
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल