चन्द्रयान–३ को सफलतामा भारतले ‘राष्ट्रिय अन्तरिक्ष दिवस’ मनाउने
बुधबार, १३ भदौ २०८०, १० : १२

नयाँ दिल्ली । भारत सरकारले अगस्त २३ मा ‘राष्ट्रिय अन्तरिक्ष दिवस’ मनाउने निर्णय गरेको छ । चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमामा अवतरण गरेको खुसीयालीमा सरकारले सो दिनलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले भारतीय वैज्ञानिकहरूको उपलब्धिको प्रशंसा गर्दै इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (ईसरो) लाई बधाई समेत दिएको छ । ‘यो हाम्रो स्पेस एजेन्सीको मात्र जीत होइन, यो भारतको प्रगति र वैश्विक क्षेत्रमा देशको सफलताको उज्ज्वल सङ्केत पनि हो,’ बैठकले भनेको छ ।
भारत चन्द्रमाको दक्षिण ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने पहिलो राष्ट्र बनेको छ । हाल प्रज्ञान रोभरले चन्द्रमाको तथ्याङ्कहरू पृथ्वीमा पठाउने काम गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज विदेशी मुद्रा कसको मूल्य कति ?
-
कोपा डेल’रे : बार्सिलोना र एटलेटिकोबीच कडा टक्कर, ४–४ बराबरीमा टुंगियो खेल
-
प्रिमियर लिगमा चेल्सी विजयी
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत