कैलालीमा हैजाका बिरामी फेला

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–११ मसुरिया गाउँकी एक महिलामा हैजाको जीवाणु फेला परेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा स्वास्थ्य परीक्षण गर्दा ती महिलामा हैजाको सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सूचना अधिकारी तेजविक्रम शाहीले बताए ।
बिरामी ३४ वर्षीया महिलालाई उपचारार्थ धनगढीस्थित माया मेट्रो अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको शाहीले बताए । दूषित खानेपानी र खानाले यो हैजा फैलिने गर्छ । कलेरा नामको जीवाणुले मान्छेमा यो रोगको सङ्क्रमण गराउँछ । हैजा भएमा तारन्तार बान्ता हुने र झाडापखाला लाग्ने भई बिरामीको समयमै उपचार हुन नसकेमा जलवियोजन भई मृत्यु हुनसक्छ । बिरामी महिलाको स्वास्थ्य अवस्थामा सुधार भएकाले रोग अन्य व्यक्तिमा सङ्क्रमण हुने जोखिम नरहेको बताइएको छ ।
शाहीले भने, “अरु व्यक्तिलाई सङ्क्रमण भएको छैन, सङ्क्रमण हुनसक्ने अवधि पनि गुज्रिसकेकाले डराउनुपर्ने अवस्था छैन ।” बिरामी महिला केही दिनअघि भारतबाट फर्किएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लाखौँ भूमिहीनप्रति सरकार गम्भीर छैन
-
आज ५ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
जग्गा दर्ता गर्न कर्मचारी नै बाधक
-
महाकाली सीमा अतिक्रमणबारे वार्ता गर्न र भारतलाई तटबन्ध निर्माण रोक्न झलनाथको सुझाव
-
पहलगाममा आतंकवादी हमला : परराष्ट्रमन्त्री राणाद्वारा दुःख व्यक्त
-
प्रधानमन्त्री ओलीद्वारा आतंकवादी हमलाको निन्दा