लक्ष्मी र शिवलाई साढे ३ लाखसहित राष्ट्रपतिले दिए दीर्घ साधना सम्मान

काठमाडौँ । अभिनेत्री लक्ष्मी गिरी र अभिनेता शिव श्रेष्ठले ‘चलचित्र दीर्घ साधना सम्मान’ प्राप्त गरेका छन् । चलचित्र विकास बोर्डले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८०’ मा गिरीलाई वर्ष २०७८ र श्रेष्ठलाई २०७९ को ‘चलचित्र दीर्घ साधना सम्मान’ प्रदान गरियो ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा लगायतले गिरी र श्रेष्ठलाई तीन लाख ५१ हजार रुपियाँ धनराशि सहित प्रमाण पत्रले सम्मान प्रदान गरे । गिरी र श्रेष्ठको लामो समयदेखि रहँदै आएको कलाकारिताको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा कमलकान्त मैनाली, किरण केसी, झरना थापा, रामचन्द्र अधिकारी, रामेश्वर केसी, रामेश्वर बुर्लाकोटी, विजय लामा, विमला केसी, सन्तोष पन्त, सुनील कटुवाल र सुवासप्रसाद गजुरेललाई विशेष योगदान सम्मान प्राप्त गरे ।
त्यसैगरी, गायक शिव परियार, एरेन्जर सुनयमान श्रेष्ठ, छायांकार गौरी शंकर धुजु निर्माता सुवास गिरी र कृष्णप्रसाद पोखरेल, वितरक रमेश ढकाल, फिल्म व्यवसायी ओम प्रकाश अग्रवाललाई समेत समेत विशेष योगदान सम्मान दिइयो ।
यस्तै पत्रकार डब्बु क्षत्री, निर्देशक शोभित बस्नेत, ऋषिराज आचार्य, सुदर्शन थापा, केदारप्रसाद पाठक, विमल पौडेल, दयाराम दाहाल, प्रीतम गुरुङ, भूपेन्द्रकुमार खड्का र सुनील पाण्डे, अर्जुन श्रेष्ठ, अर्जुन जंग शाही, कमलप्रसाद शर्मा (अर्याल),एनआरएन दुबई निवर्तमान अध्यक्ष ठाकुरप्रसाद ढुंगाना, प्राविधिक मनोज केसी र चितवनको इन्द्रदेव चलचित्र मन्दिरलाई समेत योगदान विशेष सम्मान दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपाल बैठक : तीन दिनदेखि अभियानमाथि छलफल
-
यामाहा मेगा सर्भिस क्याम्प फागुन २४ सम्म चल्ने
-
ई–बग्गीमा पर्यटक सरर, तस्बिरहरू
-
कांग्रेस महाधिवेशन तोकिएको मिति भन्दा दायाँबायाँ गर्न मिल्दैन: अर्जुननरसिंह केसी
-
अमेरिकी सांसदले जेलेन्स्कीको राजीनामा मागेपछि...
-
दक्षिण कोरियामा बढ्दो अमेरिकी सैन्य गतिविधि देखेर भड्किइन् किमकी बहिनी