पार्टीमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू हुनेछ : श्रेष्ठ
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले पार्टी विधानको धारा १३७ बमोजिम एक व्यक्ति एक समितिको व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरी सबैलाई जिम्मेवारी व्यवस्थापन गरिने बताएका छन् ।
पार्टीको अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले जसपा परम्परागत पुराना दलहरूले भन्दा भिन्न राजनीतिक सिद्धान्तको रूपमा अगाडि बढेको दाबी गरे ।
लोकतान्त्रिक अकेन्द्रिकरणको संगठनात्मक सिद्धान्तले पार्टीको सार्वभौमसत्ता पार्टी सदस्यहरूमा निहित गर्दै पार्टीका प्रदेश संरचनाहरूलाई आफ्नो क्षेत्राधिकार भित्रका काम आफै निर्णय गर्न सक्ने व्यवस्था विधानले नै गरेको उनले बताए ।
पार्टीले सञ्चालन गरेको तीनमहिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानको दुई मुख्य कार्यभार पार्टीलाई वैचारिक र राजनीतिक रूपले सक्षम बनाउनु तथा पार्टीका प्रदेश समिति र राष्ट्रिय समितिलाई विधानले तोके बमोजिमको पदाधिकारी र संख्यामा सीमित गरी गठन पुनर्गठन गर्नु रहेको उनले बताए ।
उनले जिल्ला समन्वय समितिहरूलाई पनि यथाशीघ्र जिल्ला तदर्थ समितिमा रूपान्तरण गर्नुपर्ने बताउँदै स्थानीय तहका सबै समितिहरूलाई व्यवस्थित गर्नुपर्ने विचार राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता
-
एकताको महाधिवेशन सफल बनाउन सघाउनु सरकारको पनि दायित्व हो : शर्मा
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे