आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

‘कर्णालीमा खाद्य सुरक्षाका लागि सरकार गम्भीर छ’

मङ्गलबार, १२ भदौ २०८०, १५ : ०७
मङ्गलबार, १२ भदौ २०८०

सुर्खेत । कर्णाली प्रदेशका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले खाद्य सुरक्षाका लागि सरकार गम्भीर रहेको बताएका छन् ।  

कर्णालीको हिमाली जिल्लामा खाद्य सुरक्षा र जोखिममा रहेका  बस्तीहरुको सुरक्षाका लागि सरकार गम्भीर रहेको उनले बताए ।

मन्त्री जिसीले प्राकृतिक विपद् व्यवस्थापन, राहत तथा उद्धारका कार्यमा पनि सरकारले सक्रियताका साथ काम गरिरहेको बताए ।

विश्व खाद्य सुरक्षा कार्यक्रम डीपुटी कन्ट्री डाईरेक्टर निल्स बाल्जर लगायतको टोलीले मंगलबार कर्णालीको विपद् र खाद्य सुरक्षाको विषयमा मन्त्री जिसीसँग छलफल गरेको थियो । 

कर्णालीमा यो वर्षको अहिलेसम्म ठुलै क्षति नभए पनि वर्षाका कारण केही बस्ती बाढी र पहिरोको उच्च जोखिममा रहेको मन्त्री जिसीले बताए । 

उनले वर्षाका कारण खेतीबाली नष्ट भएका कारण खाद्य असुरक्षा भएकाले प्रदेश सरकारले विश्व खाद्य कार्यक्रमसँग साझेदारी गरेर काम गर्न चाहेको बताए । 

विश्व खाद्य सुरक्षा कार्यक्रम डीपुटी कन्ट्री डाईरेक्टर निल्स बाल्जरले प्रदेशका हिमाली जिल्लामा जनतासँग काम गर्न पाएको प्रति खुसी व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप