केएल राहुलले नेपालविरुद्धको खेल गुमाउने

मुम्बई । भारतीय क्रिकेट टोलीका पहिलो रोजाइका विकेटकिपर ब्याट्सम्यान केएल राहुलले एसिया कपको पहिलो दुई खेल गुमाउने भएका छन् । मुख्य प्रशिक्षक राहुल द्रविडले पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै राहुलले पाकिस्तान र नेपालविरुद्धको खेल गुमाउने बताएका हुन् ।
राहुलको फिटनेसमा सुधार भए पनि सेप्टेम्बर २ मा हुने पाकिस्तान र सेप्टेम्बर ४ मा हुने नेपालविरुद्धको समूह चरणको खेलका लागि भने उनी उपलब्ध नहुने द्रविडको भनाई छ । दुवै खेल पालेकेलमा हुँदैछ ।
एसिया कपका लागि टोली घोषणा हुँदा राहुल ‘कन्डिसनल्ली फिट’ मात्र भनिएको थियो । आईपीएल २०२३ मा सहभागी हुँदा उनको खुट्टामा चोट लागेको थियो । यसका लागि उनले शल्यक्रिया नै गर्नुपरेको थियो ।
बैंग्लुरुको नेसनल क्रिकेट एकेडेमीमा मेडिकल टिमले उनको मूल्याङ्कन गर्दा राहुलको ब्याटिङको प्रशिक्षणमा सन्तुष्ट भए पनि उनको विकेटकिपिङमा अझै सुधार गर्नुपर्ने देखिएको थियो । गत हप्ता एकेडेमीमा आयोजना गरिएको अभ्यास खेलपछि उनले केही समस्या देखिएको बताएका थिए । राहुलको स्थानमा भारतसँग ईशान किसन र सञ्जु स्यामसन वैकल्पिक खेलाडीका रूपमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?
-
ठूला परियोजना सञ्चालनको तयारीमा छौँ : अध्यक्ष ढकाल