फिल्म ‘ह्वाइट हाउस’मा आँचलको इन्ट्री
मङ्गलबार, १२ भदौ २०८०, १३ : ५५

काठमाडौँ । अभिनेत्री आँचल शर्मा फिल्म ‘ह्वाइट हाउस’ मा अनुबन्धित भएकी छन् । निर्माण युनिटले उनलाई फिल्मको मुख्य भूमिकाका लागि भित्र्याएको हो । फिल्ममा यस अगाडि रमेश उप्रेती र गरिमा शर्मा पनि अनुबन्धित भएका थिए ।
सविनकुमार तोलांगीको पटकथा लेखन तथा निर्देशन रहने फिल्म अस्ट्रेलिया र नेपालमा सुटिङ हुनेछ ।
अघिल्लो वर्ष फिल्म ‘झिँगेदाउ’ हिट दिएकी आँचलको यो वर्ष प्रदर्शनमा आएको ‘नाइँ नभन्नू ल ६’ फ्लप भयो । ‘नाइँ नभन्नू ल ६’ फ्लप भएपछि फुर्सदिलो बनेकी उनी केही अघि मुस्कान ढकालको निर्देशनमा बन्न लागेको फिल्म ‘पञ्चामृत’ भित्रिएकी थिइन् । यसमा उनको जोडी अभिनेता धिरज मगर रहने बताइन्छ ।
‘ह्वाइट हाउस’मा भने उनी रमेश उप्रेतीको जोडी बन्ने चर्चा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल