ललिता निवास प्रकरणका दुई जना प्रतिवादीको बयान सकियो
_R1iOAvrA3j.jpg)
काठमाडौं । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा दुई जना प्रतिवादीको बयान भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासमा सोमबार दुई जनाको बयान पुरा भएको हो ।
१३ नम्बर इजलासमा शिवजी भट्टराई र रुद्र प्रसाद श्रेष्ठको बयान पुरा भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–४ को तत्कालीन वडा सचिव हुँदा शिवजी भट्टराई कागजात किर्तेमा संलग्न भएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान निष्कर्ष छ । उनी असार १७ मा पक्राउ परेका थिए ।
ललितपुर महानगरपालिका–१५ स्थित खुमलहाइट बस्ने रुद्र प्रसाद श्रेष्ठ भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक हुन् । प्रहरीले उनलाई असार २६ मा पक्रेर ‘संगठित किर्ते’ मुद्दामा अनुसन्धान गरेको थियो । तर, सरकारी वकिल कार्यालयले ‘संगठित’ कसुरलाई बाहेक गरेर किर्ते मुद्दा मात्रै अदालतमा दर्ता गरेको छ ।
आज ३ जनाको बयान लिने तयारी भइरहेको जिल्ला अदालत काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतका अनुसार बालकृष्ण श्रेष्ठ, कलाधार देउजा र मीन बहादुर गुरुङको बयान लिने तयारी भइरहेको छ । मीन बहादुर भाटभटेनी डेभलपमेन्ट कम्पनीका सञ्चालक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जयपृथ्वी बहुमुखी क्याम्पसमा अनेरास्ववियुका बोहरा विजयी
-
ब्याट्सम्यानहरु चम्किएपछि नेपालले कुवेतलाई ६ विकेटले हरायो, कुशल र आसिफको अर्धशतक
-
५० वर्षदेखि गरिबको ट्याग लगाएर हिँडिरहेका थियौँ
-
‘सहुलियत गुम्नुअगाडि नै देशहरूसँग द्विपक्षीय सम्झौता गर्नुपर्छ’
-
विद्युत् अवरुद्ध हुँदा कर्णालीमा नेपाल टेलिकमको सेवा सञ्चालनमा कठिनाइ
-
कुशलपछि आसिफ शेखको अर्धशतक