६ दिनका लागि अमेरिका उडे ‘बले’, यस्तो छ कारण

काठमाडौँ । ‘बले’ पात्रबाट चर्चित कलाकार सागर लम्साल अमेरिका उडेका छन् । जम्मा ६ दिनका लागि उनी मंगलबार बिहान अमेरिका उडेका हुन् । उनले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै आफू अमेरिका उडेको जानकारी दिएका छन् ।
उनको अमेरिका यात्राको उद्देश्य २ म्युजिक भिडियो अभिनय रहेको छ । दुवै भिडियो उनकै बले ईन्टरटेन्मेन्टबाट निर्माण हुन लागेको हो ।
पछिल्लो समय म्युजिक भिडियो अभिनयमा धेरै देखिँदै आएका लम्साल म्युजिक भिडियोमा उत्कृष्ट लोकेसन पस्किन अमेरिका छायाङ्कन गर्न लागेको बताउँछन् ।
‘मेरो ६ दिनको अमेरिका भ्रमणको उद्देश्य केबल २ म्युजिक भिडियो मात्र हो’, लम्सालले भने ‘त्यसैले केबल ६ दिन मात्र बस्नेछु ।’ ४ दिन भिडियो छायाङ्कन र २ दिन भ्रमणका लागि छुट्टाएको उनले खुलाए । दुवै भिडियो दिलासा बस्नेतको निर्माण तथा शिशिर खातीको निर्देशनमा बन्न लागेको हो ।
लम्साल पछिल्लो समय फिल्म निर्माणको तयारीमा छन् । बेले इन्टरटेनमेन्टबाट फिल्म निर्माण गर्न लागेका उनले फिल्म अगाडि आफ्नो प्रोडक्सन चर्चा दिलाउन भिडियो निर्माण गर्दै आएका छन् । फिल्मको स्क्रिप्ट पनि उनी आफैँ लेखिरहेका छन् । जसको काम अन्तिम चरणमा छ । उनले निर्माण गर्ने फिल्म कमेडी र प्रेमकथामा हुनेछ ।
‘लोफर’बाट अभिनय यात्रा सुरु गरेका सागरले ‘बले’ उपनाम यही फिल्मबाट पाएका थिए । त्यसपछि ‘भद्रगोल’ हुँदै हाल ‘सक्किगोनी’ सिरियलसम्म आउँदा उनले यो उपनाम छोडेका छैनन् । उनलाई धेरैले नामले भन्दा पनि ‘बले’ उपनामले चिन्छन् ।
बाल्यकालदेखि फिल्मको हिरो बन्ने सपना पालेका सागर पछिल्लो समय म्युजिक भिडियोमा निकै ब्यस्त छन् । महिनामा १० देखि १२ म्युजिक भिडियो अभिनय गर्ने गरेको उनले बताए । आफूले निर्माण गर्ने फिल्ममा पनि उनको मुख्य भूमिकामा देखिने योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
-
शिक्षकका जायज मागहरू पुरा गर्न त्रिवि स्ववियुको माग
-
राष्ट्र बैङ्कले ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै
-
‘ग्रीनल्यान्ड कुनै सम्पत्तिको टुक्रो होइन’
-
विद्यालय शिक्षा ऐनमा ‘स्कुल ब्याग पोलिसि’ को व्यवस्था गर्न नेविसंघको माग
-
अफ्रिकी आप्रवासीको जेलमा अमेरिकी हमला, ३० जनाको मृत्यु