लहान नगरपालिकाले फोहर सङ्कलन गर्न भित्र्यायो ‘गारवेज ट्रक’
मङ्गलबार, १२ भदौ २०८०, १० : ४३
![लहान नगरपालिकाले फोहर सङ्कलन गर्न भित्र्यायो ‘गारवेज ट्रक’](https://rpcdn.ratopati.com/media/albums/lahan_JBJscgKL6B.webp)
गोलबजार । लहान नगरपालिकाले फोहर सङ्कलन गर्न आधुनिक किसिमको आठ ‘गारवेज ट्रक’ सञ्चालनमा ल्याएको छ । लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले गारवेज ट्रकमा फोहर सङ्कलन गर्न थालिएको जानकारी दिए ।
फोहर सङ्कलन गर्न ट्रयाक्टरभन्दा ट्रक सजिलो तथा सहज हुने नगरपालिकाले जनाएको छ । पहिलो चरणमा वडा नं १ देखि १० सम्मका फोहर ती ट्रकमा सङ्कलन हुने र विस्तारै कार्यविधि बनाएर २४ वटै वडाको फोहर सङ्कलन गरिने उनले बताए ।
नगरप्रमुख चौधरीले इन्धनको बचत, ट्रकको बन्द कभर भएपछि फोहर बाटोमा नगन्हाउने र गल्लीमा पनि फोहर सङ्कलनका लागि ट्रक जान सक्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दे गाउँपालिकामा हल गोरु पाल्ने कृषकलाई अनुदान
-
विभिन्न स्थानमा आगलागीमा तीन जनाको मृत्यु
-
छोरालाई काँधमा बोकेर ह्वाइट हाउस पुगेका मस्कले ट्रम्पसामु के भने ?
-
अध्यादेश पास गर्न राजनीतिक दलहरूबिच सहमति जुटाउने काम भइरहेको छ : मन्त्री गुरुङ
-
अध्यादेशमा १ सिटको अड्को : विकल्पको खोजीमा सत्तापक्ष
-
संसदमा दुईतिहाइ छ तर सरकारलाई अध्यादेशको कुलत लागेको छ