ला लिगामा एट्लेटिको म्याड्रिडको कीर्तिमानी प्रदर्शन

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको म्याड्रिडले कीर्तिमानी जित हात पारेको छ । आफ्नो पछिल्लो खेलमा एट्लेटिको म्याड्रिडले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी रायो भालेकानोलाई उसेको घरेलु मैदानमा ७—० गोलको फराकिलो अन्तरले हरायो ।
स्पेनिस ला लिगाको इतिहासमा एट्लेटिको म्याड्रिडले ‘अवे मैदान’ मा हासिल गरेको यो सबैभन्दा ठुलोअन्तरको जित हो । एट्लेटिको म्याड्रिडको जितमा ६ जना खेलाडीले गोल गरेका थिए । खेलको पहिलो हाफमा तीन गोल गरेको एट्लेटिको म्याड्रिडले दोस्रो हाफमा चार गोल थपेको थियो ।
डिएगो सिमानको प्रशिक्षकत्वमा रहेको एट्लेटिको म्याड्रिडका लागि खेल सुरु भएको दोस्रो मिनेटमै एन्टोनियो ग्रिजम्यानले पहिलो गोल गरेका थिए । खेलको १६औँ मिनेटमा मेम्फिस डिपेले टोलीको अग्रता दोब्बर बनाएका थिए ।
यसैगरी ३६औँ मिनेटमा नाहुएल मोलिनाले एट्लेटिको म्याड्रिडका लागि तेस्रो गोल थपेका थिए । त्यसपछि खेलको दोस्रो हाफमा एट्लेटिको म्याड्रिडले चार गोल थप्यो । एट्लेटिको म्याड्रिडका लागि ७३औँ मिनेटमा अल्भारो मोराटाले चौथो गोल गरेका थिए ।
यसैगरी ७९औँ मिनेटमा एन्जल कोरियाले टोलीलाई ५—० गोलको अग्रता दिलाएका थिए । ८४औँ मिनेटमा अल्भारो मोराटाले ब्यक्तिगत रुपमा दोस्रो गोल थपेपछि एट्लेटिको म्याड्रिड ६—० ले अगाडि बढेको थियो । ८६औँ मिनेटमा एट्लेटिको म्याड्रिडका लागि मार्कोस लोरेन्टले सातौँ तथा अन्तिम गोल गरेका थिए ।
जितसँगै एट्लेटिको म्याड्रिड सात अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । तीन खेल खेलेको एट्लेटिको म्याड्रिडले दुई जित र एक बराबरीको नतिजा निकालेको छ । तालिकाको पहिलो स्थानमा आसिन रियल म्याड्रिडले तीन खेलबाट नौ अङ्क जोडेको छ ।
२१औँ शताब्दी सुरु भएयता एट्लेटिको म्याड्रिडले ला लिगामा कुनै पनि प्रतिद्वन्द्वीविरुद्व सात गोल गरेको यो दोस्रो पटक हो । यसअघि सन् २०१३ को ला लिगामा एट्लेटिको म्याड्रिडले गेटाफेलाई ७—० गोलले पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीद्वारा राजस्थानसामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत
-
सत्यनिरुपण तथा मेलमिलाप आयोगको पदाधिकारीका लागि १९ जनाको आवेदन
-
आँबुखैरेनीमा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
-
करिब चार अर्बको युनिटी घोटाला : यसरी ठगिएका थिए तीन लाख ६६ हजार सर्वसाधारण
-
नेपाल सुपर लिग : झापासँग रोकियो ललितपुर
-
हत्या गरी फरार रहेका ३ जना पक्राउ