स्वयंसेवक शिक्षक खटाउँदै खैरहनी नगरपालिका

चितवन । खैरहनी नगरपालिकाले नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्यापन गराउन ४१ स्वयंसेवक शिक्षकलाई नियुक्त गरेको छ ।
कक्षागत र विषयगत दरबन्दी कम भएका र विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालयमा ती शिक्षक खटाइने नगरपालिकाले जनाएको छ । खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार खनियाँले भने, “ स्वयंसेवक शिक्षक परिचालनबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुनेमा हामी विश्वस्त छौँ ।” ती शिक्षकले अन्य शिक्षकसरह पढाउनुपर्ने हुन्छ ।
खैरहनीमा विसं २०७६ यता विषयगत, कक्षागत र विद्यार्थी सङ्ख्या धेरै भएर शिक्षक अपुग भएको विद्यालयमा स्वयंसेवक शिक्षकलाई खटाउँदै आएको छ । नगरपालिकाको आन्तरिक आम्दानीबाट नै खर्च हुने गरी स्वयंसेवक शिक्षकको व्यवस्थापन गरिएको हो ।
स्वयंसेवक शिक्षकका लागि यस वर्ष नगरपालिकाले रु ८८ लाख २५ हजार बजेट विनियोजन गरेको उनले जानकारी दिए । स्वयंसेवक शिक्षकको नियुक्ति पाउनेमा बालविकासतर्फ ११, प्राथमिक तह (कक्षा १–५) का २५, आधारभूत तह (कक्षा ६–८)मा गणित र विज्ञान विषयका चार र मावि तहको नेपाली विषयको एकजना रहेका छन् ।
स्वयंसेवक शिक्षकका लागि आवेदन दिएका दुई सय ७२ मध्ये दुई सय ६८ जना सूचीकृत भएका थिए । यसमध्येबाट योग्यताक्रमका आधारमा ४१ जना छनोट गरिएको हो । सुत्केरी बिदा र वैदेशिक यात्रामा गएका बेला रिक्त हुने स्थानमा स्वयंसेवक शिक्षक नै खटाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच दोस्रो चरणको वार्ता रोममा हुने
-
झरिमा जनजीवन (तस्बिरहरु)
-
वैशाखमा ५ फिल्म : ऐतिहासिक ‘जार’देखि सामाजिक कथाको ‘झिल्को’सम्म
-
बागमतीका निलम्बित मेयर थापाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेसी आइतबार
-
विश्वप्रकाशको प्रश्न : सरकार सफल हुने भनेको मौन धारण गरेर हो ?
-
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार : निलम्बनको सिफारिसमा को- को परे ? (सूचीसहित)