क्रान्तिकारी कम्युनिस्ट पार्टीका तीन जना नेता पक्राउ

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका तीन जना नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
काभ्रेको बनेपामा एमसीसीको खारेजी, भ्रष्टाचारीमाथि कारबाही र महँगी नियन्त्रणको माग गर्दै भित्तेलेखनमा संलग्न रहेका सो पार्टीका महाधिवेशन आयोजक समिति सदस्य ढोग प्रसाद उपाध्याय, प्रदेश समिति सदस्यद्वय अशल मोक्तान र प्रदीप अस्तानलाई प्रहरीले पक्राउ गरेको हो ।
राष्ट्रहित र जनसरोकारका मागलाई लिएर शान्तिपूर्ण तरिकाले भित्तेलेखनमा संलग्नलाई गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको भन्दै पार्टीका प्रवक्ता कञ्चनले विज्ञप्ति जारी गर्दै विरोध गरेका छन् ।
उनको विज्ञप्तिमा भनिएको छ, ‘ हाम्रो पार्टी यसको घोर निन्दा तथा तीव्र भर्त्सना गर्दछ र गिरफ्तार हुनुभएकाहरुलाई अविलम्ब रिहाइ गर्न सरकारसँग माग गर्दछ ।’
सो पार्टीले एमसीसीसहित भ्रष्टाचार र महँगीलगायतका विषयमा विरोध प्रदर्शन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको ओखलढुङ्गा जिल्ला अध्यक्षमा प्रकाश तामाङ निर्वाचित
-
यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची