कालिकोटको सुनाथराली विमानस्थलको परीक्षण उडान अब असोज १३ गते

सुर्खेत । कालिकोटको सुनाथलारी विमानस्थलमा बुधबार गर्ने परीक्षण उडान स्थगित भएको छ । प्राविधिक तयारी नपुगेको भन्दै परीक्षण उडान स्थगित गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विमानस्थल परीक्षणको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । त्यसका लागि तयारी समेत भएको थियो । यद्यपि प्रधानमन्त्री प्रचण्डको व्यस्तता र पर्यटन मन्त्री सुदन किरातीका बुबाको निधन भएकाले कार्यक्रम स्थगित गर्नुपरेको बताइएको छ । पर्यटन मन्त्री किरातीले बुबाको निधन भएको र अन्य प्राविधिक तयारी नपुगेकाले स्थगन गर्नुपरेको बताएका छन् । उनले भनेका छन्,‘हवाई यातायातको सम्बन्धमा कर्णालीबासी जनसमुदायको दुख र हैरानी बुझेको छु र सदाका लागि समाधान गर्न लागि परेको छु ।’
नरहरीनाथ गाउँपालिका–१ मा रहेको उक्त विमानस्थलमा २०७३ माघ २९ गते तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाहीको पालामा परीक्षण उडान गरिएको थियो ।
यद्यपि अझै पनि यो विमानस्थलमा नियमित उडान हुन सकिरहेको छैन । यो विमानस्थलको निर्माण कार्य ०४२ सालबाट नै सुरु भएको थियो ।
पर्यटन मन्त्री किरातीले अब सुनथराली विमानस्थलमा परीक्षण उडानको कार्यक्रम असोज १३ गते राखिएको बताए । उक्त दिन सुनथरालीसँगै डोल्पाको मसिनेचौर विमानस्थलको पनि परीक्षण उडान कार्य गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा भूमिहिनलाई लालपूर्जा वितरणको तयारी
-
१० बजे १० समाचार : कक्षा १२ को परीक्षा रोकियो, शिक्षकपछि कर्मचारीको आन्दोलन
-
सोलुखुम्बुमा जलवायुसम्बन्धी सम्मेलन सम्पन्न
-
नेपाल आए मेटाका प्रतिनिधि, होला सामाजिक सञ्जाल दर्ता ?
-
आईपीएल : दिल्लीले कमब्याक गर्दा १ सय ५९ रनमा रोकियो लखनउ
-
प्रमुख प्रशासकीय अधिकृत मेहतालाई विराटनगर महानगरमा हाजिर गर्न नदिइने