शनिबार, १५ मङ्सिर २०८१
ताजा लोकप्रिय

कालिकोटको सुनाथराली विमानस्थलको परीक्षण उडान अब असोज १३ गते

सोमबार, ११ भदौ २०८०, १९ : २०
सोमबार, ११ भदौ २०८०

सुर्खेत । कालिकोटको सुनाथलारी विमानस्थलमा बुधबार गर्ने परीक्षण उडान स्थगित भएको छ । प्राविधिक तयारी नपुगेको भन्दै परीक्षण उडान स्थगित गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विमानस्थल परीक्षणको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । त्यसका लागि तयारी समेत भएको थियो । यद्यपि प्रधानमन्त्री प्रचण्डको व्यस्तता र पर्यटन मन्त्री सुदन किरातीका बुबाको निधन भएकाले कार्यक्रम स्थगित गर्नुपरेको बताइएको छ । पर्यटन मन्त्री किरातीले बुबाको निधन भएको र अन्य प्राविधिक तयारी नपुगेकाले स्थगन गर्नुपरेको बताएका छन् । उनले भनेका छन्,‘हवाई यातायातको सम्बन्धमा कर्णालीबासी जनसमुदायको दुख र हैरानी बुझेको छु र सदाका लागि समाधान गर्न लागि परेको छु ।’ 

नरहरीनाथ गाउँपालिका–१ मा रहेको उक्त विमानस्थलमा २०७३ माघ २९ गते तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाहीको पालामा परीक्षण उडान गरिएको थियो ।

यद्यपि अझै पनि यो विमानस्थलमा नियमित उडान हुन सकिरहेको छैन । यो विमानस्थलको निर्माण कार्य ०४२ सालबाट नै सुरु भएको थियो ।

पर्यटन मन्त्री किरातीले अब सुनथराली विमानस्थलमा परीक्षण उडानको कार्यक्रम असोज १३ गते राखिएको बताए । उक्त दिन सुनथरालीसँगै डोल्पाको मसिनेचौर विमानस्थलको पनि परीक्षण उडान कार्य गरिने छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप