बिरामी मृत्यु प्रकरण : आफन्त र अस्पतालबीच तीन बुँदे सहमति
सोमबार, ११ भदौ २०८०, २३ : ०९

काठमाडौँ । पत्थरीको समस्याले उपचाररत बिरामीको मृत्युपछि विवादमा तानिएको धनगढीस्थित स्वस्तिक अस्पताल र मृतकका आफन्तबीच तीन बुँदे सहमति भएको छ ।
अस्पतालमा उपचाररत बिरामीको मृत्यु भएपछि सोमबार दिउँसो सो अस्पतालमा तनाव भएको थियो ।
मृतकका आफन्त राजकुमार चौधरीका अनुसार सहमतिमा मृतकको एमबीबीएस अध्ययनरत छोरा ज्योतिप्रकाश चौधरीको पढाई खर्च ब्याहोर्ने, २ छोरीहरूको विवाह खर्च ब्याहोर्ने र उपचारमा लापरबाही गर्ने डाक्टर जोनस तिवारीलाई कारबाही गर्ने सहमति भएको छ ।
उपचारको लागि अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्यु भएको थियो । उपचारको क्रममा डाक्टरले उनको बायाँ किड्नी झिकेपछि अत्यधिक रक्तश्रावले मृत्यु भएको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ महिनामा ३१ अर्बको तरकारी आयात
-
अन्तर्राष्ट्रिय सैन्य अभ्यासमा स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई जङ्गी अड्डामा सम्मान
-
पोप फ्रान्सिसको अन्त्येष्टि शनिबार हुने
-
तीनकुने घटनामा संलग्न आरोपमा दुर्गा प्रसाईं निकट रायमाझी पक्राउ
-
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
गोली लागेको हातको दाग त्यति दुख्दैन, देशको अवस्था देखेर दुख्छ दिल