नयाँ विधान कार्यान्वयन जसपाको प्रमुख कार्यभार : राजेन्द्र श्रेष्ठ

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले पार्टीको नयाँ विधान कार्यान्वयन जसपाको अहिलेको प्रमुख कार्यभार रहेको बताएका छन् ।
पार्टीको गण्डकी प्रदेश समितिले आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले सांगठनिक कार्यलाई तिव्रता दिई विधान कार्यान्वयनमा लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिए ।
त्यस्तै पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले ३ महिने पार्टी विस्तार तथा सुदृढिकरण अभियानलाई परिणाममुखी बनाउन सबैजना जुट्नुपर्ने बताए ।
पार्टीको गण्डकी प्रदेश समितिको इन्चार्ज समेत रहेका थापाले पार्टी निर्माणमा इमान्दारीपूर्वक नेता, कार्यकर्ताहरुलाई लाग्नुपर्ने कुरामा जोड दिए ।
उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी करिब ५ दर्जन नेता, कार्यकर्ताहरु जसपा प्रवेश गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठ सहितका नेताहरुले खादा र अबिर लगाएर उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेशम र सिके वैशाख १९ गते नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने
-
शाखा अधिकृत हित संरक्षण अभियानद्वारा राज्यव्यवस्था समिति सभापतिलाई तीन बुँदे ज्ञापन
-
चार सय वर्ष पुरानो सिवालय ओझेलमा
-
सातै प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिटमा सर्वोच्चले मगायो ६ वर्षअघिको सरकारको निर्णय
-
सलहेश फूलबारी परिसरमा ‘अम्बेडकर पार्क’ बन्ने
-
डिजिटल वालेटमार्फत झण्डै १८ अर्ब अवैध रकम बैकिङ्ग च्यानलमा, २१ जनामाथि अनुसन्धान