चीनमा चालक रहित कारलाई लाइसेन्स
शनिबार, १० चैत २०७४, ११ : ५३
बेइजिङ-चीनमा चालकरहित कारलाई लाइसेन्स दिइएको छ । पहिलो चालकरहित कारलाई परिक्षण ड्राइभ गर्न अस्थायी लाइसेन्स दिएको हो ।
चालकरहित कार परिक्षण ड्राइभका लागि बेइजिङमा पाँचौं रिङरोड बाहिरका ३३ वटा सडकमा १०५ किलोमिटर सडक छुट्टयाएको छ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार चीनको इन्टरनेट कम्पनी पाइतुले यो कार निर्माण गरेको हो । चालकरहित कार बिहिबार बेइजिङमा पहिलो पटक परिक्षण ड्राइभ गरिएको थियो ।
तोकिएको क्षेत्रमा पाँच हजार किलोमिटर सफल ड्राइभ गरेपछि मात्र कारलाई सार्वजनिक सडकमा अनुमति दिइने छ।
३० दिनका लागि दिइएको लाइसेन्स परिक्षण ड्राइभमा सफल भए मात्र नविकरण हुनेछ ।
परिक्षण ड्राइभ जाँचका लागि कारमा यन्त्र पनि जडान गरिएको छ।
सुरक्षा र सडकको नियम पालना गर्नका लागि सुरुमा कारको ड्राइभ गति कम हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा