शाओमी प्याड ६ सँगै प्याड ६ किबोर्ड र स्मार्ट पेन सेकेन्ड जेनेरेशन बजारमा उपलब्ध
![शाओमी प्याड ६ सँगै प्याड ६ किबोर्ड र स्मार्ट पेन सेकेन्ड जेनेरेशन बजारमा उपलब्ध](https://npcdn.ratopati.com/media/news/pad-6-daraz_UuhimPySgR.jpg)
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले ११ इन्चको डिस्प्ले, क्वालकम स्न्यापड्रागन ८७०, १४४ हर्ट्ज रिफ्रेस रेट, ८८४० एमएएच ब्याट्री भएको शाओमी प्याड ६ रिलिज गर्ने भएको छ।
४९० ग्राम तौल र ६.५१ मिलिमिटर चौडाई भएको यो प्याड ६ एकदमै हलुका र उपयोगी रहेको कम्पनीको भनाइ छ । साथै, आईपी ५३ रेटेड भएकोले यसले कुनै पनि समस्या बिना केही मात्रामा पानी र धुलो पनि ह्यान्डल गर्न सक्छ।
इमेल र कल जस्ता कामका लागि प्रयोग गर्न सकिने ट्याब्लेट खोजिरहेका व्यक्तिहरूका लागि शाओमी प्याड ६ एउटा कम्प्याक्ट अल–इन– वान सोल्युशन भएको कम्पनीले जनाएको छ । साथै भिडिया हेर्ने वा संगीत सुन्ने जस्ता रमाइलो कुराहरूका लागि पनि शाओमी प्याड ६ प्रयोग गर्न सकिन्छ। शाओमीले यस प्याड ६ सँगसँगै शाओमी प्याड ६ किबोर्ड र शाओमी स्मार्ट पेन सेकेण्ड जेनेरेशन पनि रिलिज गर्ने तयारी गरेको छ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने,“शाओमी प्याड ६ बजार मा ल्याउन पाउँदा हामी उत्सहित छौँ! हामीले सबैको जीवनलाई अझ राम्रो बनाउन सुविधाहरूले भरिपूर्ण डिभाइस ल्याउन कडा मेहनत गरेका छौ। यसको आकर्षक डिजाइन र शक्तिशाली क्षमताहरूका साथ, हामी विश्वस्त छौं कि शाओमी प्याड ६ सबैको मनपर्ने नयाँ ग्याजेट हुनेछ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेन विनाकुनै शंका वार्तामा आउने रुसी दावीविरुद्ध जेलेन्स्कीको कडा प्रतिक्रिया, रिसाए नेटो महासचिव
-
वित्त आयोगको कार्यसम्पादनमा सूर्योदय नगरपालिका देशभरमै दोस्रो
-
विदेश भ्रमणमै रहेका बेला फेरि श्रममन्त्री भण्डारीको पद धरापमा !
-
१२ बजे, १२ समाचार : भूमिसम्बन्धी अध्यादेशले सरकार नैतिक संकटमादेखि ड्युटीमा रहेका प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउसम्म
-
माओवादी र एकीकृत समाजवादीबिच पार्टी एकता हुन्छ : वर्षमान पुन
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै