नेपालको विद्यामान संविधान खारेज गर्नुपर्छ : धर्मेन्द्र बास्तोला

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलाले विद्यामान संविधान खारेज गर्नुपर्ने बताएका छन् ।
सोमबार राजधानीमा आयोजिक कार्यक्रममा बोल्दै २०७२ को संविधान समाजवाद उन्मुख नरहेको जिकिर गर्दै खारेज गर्नु पर्ने धारणा राखेका हुन् । यो संविधान जनमुखी र जनताको प्रतिनिधिले बनाएको संविधान नभएको उनले जिकिर गरे ।
‘सर्वप्रथम विद्यामान संविधान खारेज गर्नुपर्छ । यो संविधान समाजवाद उन्मुख र जनपक्षीय छैन । यो नेपाली जनप्रतिनिधिले बनाएको संविधान पनि होइन’, उनले भने, ‘अमेरिकी साम्राज्यवाद र युरोपीयन युनियनहरूका एजेन्टहरूले बनाएको संविधान भएकाले यसलाई खारेज गर्नुपर्छ ।’
कार्यक्रममा उनले राष्ट्रघाती एमसीसी सबै नेपाली जनता मिलेर खारेज गर्नुपर्ने धारणा राखे । दलका नेताहरूले बाहिर एमसीसीको विरोध गरेपनि संसद्का टेबुल ठटाएर अनुमोदन गरेको उनले आरोप लगाए ।
माओवादीले जनयुद्ध नलडेको भए आज कुनै पनि कम्युनिस्ट पार्टीहरू कम्युनिस्ट भएर बस्न नसक्ने उनको जिकिर थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
-
५२ संवैधानिक नियुक्तिविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा
-
जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्ने विषयमा सरकार गम्भीर : वनमन्त्री
-
कार्यविभाजनपछि पहिलो पटक माओवादी स्कुल विभागको बैठक, के–के भयो छलफल ?
-
अब कसरी निर्वाचित हुन्छन् नयाँ पोप ?
-
बोलेरो गाडीमा आगलागी हुँदा ४ जनाको जलेर मृत्यु