५६४ महिलासहित ६०७० जना नेपाली शान्ति सैनिक कार्यरत

काठमाडौँ । विभिन्न १३ मिशनहरुमा ६०७० जना शान्ति सैनिक कार्यरत रहेको नेपाली सेनाले जनाएको छ । यो संख्यासँगै नेपाल संयुक्त राष्ट्रसंघलाई फौज उपलब्ध गराउने सदस्य राष्ट्रहरुमध्ये शीर्ष दोस्रो स्थानमा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
यस्तै, नेपालबाट ५६४ महिला पनि शान्ति सैनिकका रुपमा खटिएका छन् । जुन महिलाहरुतर्फ शान्ति सेनामा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुमध्ये सबैभन्दा ठूलो सहभागिता भएको सेनाले जनाएको छ ।
यसैबीच सैनिक प्रहरी युनिट (शान्ति सेना) नवौं डफ्फाका ७१ जना शान्ति सैनिकहरु सोमबार सेन्ट्रल अफ्रिकन रिपब्लिकका लागि प्रस्थान गरेका छन् । प्रमुख सेनानी अशोक कुमार मल्लको नेतृत्वमा रहेका उक्त टोली त्यसतर्फ प्रस्थान गरेका हुन् ।
यसअघि भाद्र १० गते सोही मिशनमा सहभागी सैनिक प्रहरी युनिट (शान्ति सेना) आठौं डफ्फाका ७१ जना सैनिकहरु प्रमुख सेनानी भगत तामाङ्गको नेतृत्वमा स्वदेश फिर्ता भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस