शाहरुखले सन्नी देओल अभिनीत गदर–२ को तारिफ गरे : भने, ‘राम्रो लाग्यो फिल्म’ ; १७ वर्षसम्म थियो पानी बाराबार

सन्नी देओल स्टारर फिल्म गदर–२ बक्स अफिसमा व्यापक कमाई गरिरहेको छ । यसले १७ दिनमा ४५० करोड भारुभन्दा बढी कमाइसकेको छ । यसैबीच शाहरुख खानले पनि यो फिल्मको तारिफ गरेका छन् ।
हालै शाहरुख खानले सोसल मिडियामा आस्क मी सेसन राखे । यति बेला एक प्रशंसकले उनलाई ‘गदर–२ हेर्नुभयो ?’ भनेर सोधे । जवाफमा शाहरुखले लेखे, ‘हेरेँ, मलाई मन पर्यो ।’
डरमा पहिलो र अन्तिम पटक सँगै काम गरे
शाहरुखले सनी देओलको फिल्मको तारिफ गरे पनि एक समय यस्तो थियो जब दुई अभिनेताबीच १६ वर्षसम्म पानी बाराबारको स्थिति थियो ।
सन्नी र शाहरुखले सन् १९९३ मा रिलिज भएको फिल्म ‘डर’ मा पहिलो र अन्तिम पटक सँगै काम गरेका थिए । यो फिल्म सुपर हिट भयो तर यसमा जसरी सन्नीको पात्र सुनिल मल्होत्रालाई पेस गरियो यसमा उनी असन्तुष्ट थिए ।
उनी यो फिल्मका निर्देशक यश चोपडाका साथै आफ्ना सहकर्मी शाहरुख खानसँग पनि रिसाए ।
सन्नीभन्दा शाहरुखको भूमिका रुचाइयो
फिल्म डरमा सन्नी मुख्य भूमिकामा थिए । यस्तै शाहरुखले नकारात्मक भूमिका निर्वाह गरेका थिए । यो फिल्मको सुटिङका बेला सन्नी आफ्नो करियरको शीर्ष स्थानमा थिए भने शाहरुखले यशराजसँग पहिलो पटक काम गरेका थिए ।
यद्यपि, फिल्म रिलिज भएपछि शाहरुखको पात्र राहुल मेहरालाई सन्नीको पात्रभन्दा बढी रुचाइयो । त्यसपछि सन्नी र शाहरुखले एक अर्कासँग कुराकानी गरेनन् ।
क्लाइमेक्स सीनमा भएको थियो बहस
यसअघि ‘आप की अदालत’ मा सन्नीले यसबारे कुरा गरेका थिए । सन्नीले भनेका थिए, ‘क्लाइमेक्स सीनमा शाहरुखको पात्रले मेरो पात्रलाई चक्कुले हान्छन् । यो दृश्यका लागि मेरो र यश चोपडाबीच बहस भएको थियो ।’
‘मेरो पात्र कमान्डो अफिसर थियो जो एक एक्सपर्ट र फिट छन् । मैले उनीहरूलाई सम्झाइरहेको थिएँ कि यो केटाले मलाई कसरी यति सजिलै चक्कु हान्न सक्छ ?’
‘‘मैले उसलाई नदेखेको बेला मात्रै उसले मलाई हान्न सक्छ’ भनिरहेको थिएँ । यदि उसले मलाई अगाडिबाटै हान्छ भने म कसरी कमान्डो भएँ ?’
रिसमा सन्नीले च्यातेका थिए आफ्नो पाइन्ट
सन्नीले थपे, ‘यो बहस निकै बेर चल्यो र मैले आफ्नै पाइन्ट च्यातेको पत्तै पाइनँ । मैले यो पनि बुझ्न सकिनँ कि उनीहरुले फिल्ममा भिलेनलाई किन ग्लोरिफाई गरिरहेका छन् ।’
त्यसपछि हाम्रो भेट कहिल्यै भएन
यस्तै जब कार्यक्रममा सन्नीलाई त्यसपछि १६ वर्षसम्म तपाईंले शाहरुखसँग कुराकानी गर्नु भएन भनेर सोधियो तब उनले भनेका थिए, ‘मैले जानीजानी यस्तो गरेको थिइनँ । मैले आफूलाई थोरै टाढा राखेको थिएँ । म सामाजिक व्यक्ति नभएका कारण हाम्रो कहिल्यै भेट भएन । भेट नै नभएपछि कुरा कसरी हुन्थ्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ड्रोन दर्ता शुल्कमा अत्यधिक वृद्धि गरिएकोमा विमान संघको ध्यानाकर्षण
-
२०८१ को अन्तिम सूर्यास्त [तस्बिरहरु]
-
नयाँ वर्षको अवसरमा भूतपूर्व राजा ज्ञानेन्द्र शाहको शुभकामना सन्देशको पूर्णपाठ
-
सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु
-
निलम्बित न्यायाधीश भुवन गिरीले पाए सफाइ
-
पुनरुत्थानवादीलाई मसानघाटमा पुर्याउन पछि पर्दैनौँ : लक्ष्मण पन्त