स्टार्टअपलाई व्यवसायमा रुपान्तरण गरी सरकारले उद्यमशिलता प्रवर्द्धन गर्छः मन्त्री रिजाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले युवाहरुको नवप्रवर्तनकारी विचारलाई व्यवसायमा रुपान्तरण गरी उद्यमशिलता प्रवद्र्धन गर्न नीति बनाई रहेको बताएका छन् ।
सोमवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्टार्टअप राष्ट्र २०३० सम्मेलनमा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन् । मन्त्री रिजालले सरकारले नवप्रवर्तनकारी विचारहरुलाई व्यवसायमा रुपान्तरण गरी उद्यमशिलता प्रवद्र्धन गर्न निजी क्षेत्र प्राज्ञिक क्षेत्रसँग मिलेर काम गरिरहेको बताए । उनले सरकारले स्टार्टअपका लागि उपयुक्त कानून तथा नीतिगत सुधार गरी उपयुक्त वातावरण सिर्जना गर्ने बताए । उनले नेपाललाई आगामी २०३० सम्ममा स्टार्टअपमैत्री राष्ट्र बनाउन सरकार औद्योगिक क्षेत्र र शैक्षिक क्षेत्री बीचको सहकार्यलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताए ।
मन्त्री रिजालले स्टार्टअपलाई प्रवद्र्धन गर्न परियोजनामा आधारित कर्जा,अनुदान र वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई सहयोग गर्ने कोष स्थापना गरी सहुलियतपूर्ण ऋण उपलब्ध गराउने नीति कार्यान्वयनमा ल्याउने बताए ।
उनले स्टार्टअप उद्यमको लागि स्टार्टअप नीति तयारी गरी रहेको पनि बताए । मन्त्री रिजालले सरकारको वार्षिक कार्यक्रम र निजी क्षेत्रसँगको सहकार्यले नेपालमा स्टार्टअपका लागि बलियो जग बन्ने अपेक्षा रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘होस्टेल ३’को ट्रेलर : रोमाञ्चक कथा र युवा उमङ्ग
-
अमेरिकाले भिसा नपत्याएपछि गायक सुजन चापागाईको अमेरिका कार्यक्रम अनिश्चित
-
रिंकु सदा हत्या प्रकरण : छानबिन समितिको अनुसन्धान प्रगति विवरण सार्वजनिक
-
जातीय समस्या वर्गीय समस्याकै भिन्न रूप : देव गुरुङ
-
२०८४ को चुनावमा कांग्रेस–एमालेबिच गठबन्धन गर्न प्रचण्डको चुनौती
-
मातृभूमि पार्टीद्वारा संघर्षका कार्यक्रम घोषणा