विराटनगरबाट ‘८० सालको गाईजात्रा’ सुरु, तीन भूमिकामा गजुरेल

काठमाडौँ । हास्य कलाकार मनोज गजुरेलको समूहको गाईजात्रा कार्यक्रम ‘८० सालको गाईजात्रा’ विराटनगरबाट सुरु भएको छ । विराटनगरपछि बर्दिबासमा भएको कार्यक्रम आज सोमबार रौतहटको चन्द्रनिगाहपुरमा हुँदैछ ।
‘८० सालको गाईजात्रा’ काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा भने भदौ १४ गतेदेखि १७ गतेसम्म चल्नेछ । कोरोना महामारीका कारण भर्चुअल गाईजात्रा गर्दै आएका गजुरेलले केही वर्षपछि भौतिक कार्यक्रम गर्न लागेका हुन् । दर्शकको मागलाई ध्यानमा राखेर यो वर्ष भौतिक रूपमै गाईजात्रा गर्न लागेको गजुरेलले बताए ।
‘८० सालको गाईजात्रा’ मनोजको अलवा शैलेन्द्र सिंखडा, सुबोध गौतम, गायक टीका भण्डारी, कमेडी च्याम्पियनका सुन्दर खनाल र म्याक्सम गौडेल, कमेडियन सीता न्यौपाने, प्रभात लामा र रुबिना अधिकारी सहभागी छन् ।
यसपटक गजुरेलले राजनीतिज्ञ मदन भण्डारी, अमेरिकी धनाढ्य एलन मस्कका हजुरबा एलियन मस्क र गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिका निर्वाह गर्दैछन् । यस पटकको उनको भूमिकामा मदन भण्डारी र कांग्रेस संस्थापक बीपी कोइरालाबीच स्वर्गमा हुने कमेडी संवाद पनि प्रस्तुत गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ एआईजीको पदस्थापन, सीआईबीमा चन्द्रकुवेर खापुङ
-
ट्रेलरमा यस्तो देखियो चलचित्र ‘ऊनको स्वीटर’
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय