सहकारी संस्थाबाट नगद तथा ल्यापटप चोरी
सोमबार, ११ भदौ २०८०, १२ : ३६

मोरङ । मोरङ धनपालथान गाउँपालिका-२ कुशमाहस्थित युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाबाट नगद ५० हजार रुपैयाँ र २ थान ल्यापटप चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनपालथान गाउँपालिका-१ नोचा बस्ने २१ वर्षीय पारस मण्डल, सोही गाउँपालिका-७ कदमाहा बस्ने २४ वर्षीय रोशन मण्डल र २० वर्षीय विशाल कुमार सिंह रहेका छन् । उक्त सहकारी संस्थाबाट गत साउन ३२ गते राति चोरी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुलेपछि इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाही बरियातिबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत मोरङबाट ५ दिन म्याद अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समातिए फिलिपिन्सका पूर्व राष्ट्रपति दुतेर्ते
-
पूर्वप्रधानमन्त्री भट्टराईको फेसबुक पेज ह्याक भएको सचिवालयको दाबी
-
रुस–युक्रेन युद्धमा मारिएका पूर्ववडाध्यक्षको किरिया गर्दै वृद्ध बुवा
-
चिकित्सकको लापरवाहीले म्याराडोनाको मृत्यू भएको दाबी, सातजनाविरुद्ध मुद्दा चलाइँदै
-
गणेश थापाद्वारा एन्फा महासचिव राईविरुद्ध मुद्दा दायर
-
प्रतिक्रान्तिकारीहरूलाई पूरै परास्त गर्ने जिम्मा क्रान्तिकारीको काँधमा आएको छ: प्रचण्ड