प्रवासी नेपाली एकता मञ्च युएईको अध्यक्षमा सापकोटा

युएई । नेकपा एकीकृत समाजवादीको प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च युएईको अध्यक्षमा विपिन सापकोटा चयन भएका छन् । मञ्चको हिजो सम्पन्न दोस्रो अधिवेशनले सापकोटा अध्यक्ष रहेको १५ सदस्यीय राष्ट्रिय कमिटी गठन गरेको हो ।
अधिवेशनले युएई राष्ट्रिय कमिटीको उपाध्यक्ष लोक प्रसाद दाहाल, सचिव सन्दीप पौडेल, सह सचिवद्वय जीवन राज आचार्य र अभिषेक रेग्मीलाई सर्वसम्मत चयन गरेको छ।
यसै गरी सदस्यहरूमा क्रमशः याद कुमार श्रेष्ठ, कमल सुनार, भुवन राज ढकाल, दुर्गा भण्डारी, पुष्पा साम्बा,विमल धमाली, सफल न्यौपाने, विनोद कुमार भुजेल,प्राण तामाङ, नारायण के भट्टराई र पासाङ शेर्पा चयन भएका छन्।
सन्दीप पौडेलको सञ्चालन तथा विपिन सापकोटाको अध्यक्षतामा भएको अधिवेशनमा एकीकृत समाजवादी स्थायी कमिटी सदस्य तथा प्रवास इन्चार्ज श्रीप्रसाद शाहको प्रमुख आतिथ्यमा भएको थियो। एनआरएनए कतारका निवर्तमान अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान लगायत युएईका विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिले अधिवेशन सफलताको शुभकामना दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित
-
स्थानीय र पश्चिमी वायुमा थपियो भारतको न्यूनचापीय प्रणाली, सातै प्रदेशमा वर्षा हुने
-
महालक्ष्मीको बार आज कुन राशिलाई कस्तो फल ?
-
युरोपा लिगको सेमीफाइनल समीकरण पुरा : को-को पुगे अन्तिम चारमा ?
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा