मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१६ वर्षअघि उच्च शिक्षाका लागि विदेशीएका सागरले अष्ट्रेलियामा खोले दोस्रो कलेज

सोमबार, ११ भदौ २०८०, १२ : १०
सोमबार, ११ भदौ २०८०

काठमाडौँ । तनहुँबाट उच्च शिक्षाका लागि १६ वर्ष अघि अष्ट्रेलिया पुगेका सागर लोहनीले आफ्नो स्वामित्वमा अस्ट्रेलियामै दोस्रो कलेज सञ्चालनमा ल्याएका छन् । अष्ट्रेलियाको चर्चहिल इन्स्टिच्युट अफ हायर एजुकेसनु कलेज भर्खरै लोहनी लगायतको स्वामित्वमा सञ्चालनमा आएको हो ।

कलेजमा ब्याचलर्स इन बिजनेस अन्तर्गत आइटी, एकाउन्ट, म्यानेजमेन्ट र हस्पिटालिटीमा पढाइ हुने लोहनीले बताए । उच्च शिक्षाका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरूलाई ध्यानमा राखी नयाँ कलेज सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

यसअघि अष्ट्रेलियाको न्यू साउथ वेल्समा उनको स्वामित्वमा प्राविधिक कलेज इन्टरनेसनल इन्स्टिच्युट अफ एजुकेशन सञ्चालनमा आइसकेको छ । 

लोहनीले ३ वर्षदेखि अष्ट्रेलियामै चाइल्ड केयर समेत सञ्चालन गर्दै आइरहेका छन् । उक्त चाइड केयरलाई अस्ट्रेलियाको स्टेट सरकारले पाठ्यक्रम सम्बन्धी पाइलट प्रोजेक्ट संचालन गर्नका लागि चयन गरेको लोहनीले जानकारी दिए ।

लोहनीले लामो समय अष्ट्रेलियामा विभिन्न भोकेसनल कलेजहरूमा आवद्ध भएपश्चात कलेज सञ्चालनमा ल्याएका हुन् ।

अस्ट्रेलिया प्रवेशको सुरुवातीताका रिटेल चेनमा काम गरेको अनुभव समेट्दै लोहनीले हाल सिड्नीमा ‘साथी मार्ट’ पनि सञ्चालनमा ल्याएका छन् ।

लोहनी अस्ट्रेलियाको पार्लामेन्ट अन्तर्गतको ‘नेशनल लिडरसीप फोरम’ मा कार्यकारी सदस्य समेत रहेका छन् । अब छिट्टै नेपालमा रियल स्टेट र हस्पिटालिटीको व्यवसायमा आवद्ध हुने योजना रहेको लोहनी बताउँछन् ।

सन् २००८ मा अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न गएका लोहनीले अस्ट्रेलियाकै युनिभर्सिटीबाट कानून, एकाउटिङको अध्ययनसँगै एमबिए समेत गरेका छन् । हाल उनी पिएचडी फेलो हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप