मन्त्री लिम्बुको स्वास्थ्यमा सुधार
सोमबार, ११ भदौ २०८०, १२ : ०४

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको स्वास्थ्यमा सुधार आएको छ । शुक्रबार साँझ एक्कासी ज्वरो आएपछि शनिबार विहान उपचारका लागि वीर अस्पतालमा भर्ना हुनुभएका खेलकुदमन्त्री लिम्बुको स्वास्थ्यमा सुधार आएको हो ।
मन्त्री लिम्बुका स्वकीय सचिव रोशन विक्रम राईले ज्वरो आएसँगै डेङ्गु सङ्क्रमण देखिएपछि उनी अस्पतालमा भर्ना भएका थिए । पछिल्लो समय मन्त्री लिम्बुको प्लेटलेट्सको मात्रा बढेको उनको भनाइ छ ।
मन्त्री लिम्बु केहीदिन पहिले मोरङका विभिन्न डेङ्गु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौँ फर्किएका थिए । वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बुलाई डा.ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनयुद्धमा बलिदान र मूल्यबोध
-
‘अध्यादेश अलपत्र परेको छैन, सहमतिमै पारित हुन्छ’
-
‘जसपा नेपालले भूमिसम्बन्धी अध्यादेश एक मान्दैन, दुई मान्दैन, तीन मान्दैन’
-
स्काउट, रेडक्रसमा राजनीतिकरण हुँदा राम्रो काम गर्न सकेनन् : नेता निधी
-
‘पिलेन उडाउनी’मा नाजिर र स्मारिकाको अभिनय
-
उत्तराखण्डमा हिमपहिरो, हालसम्म ४ जनाको मृत्यु