सर्वोच्चमा आजदेखि स्वचालित तारेख व्यवस्थापन, प्रधानन्यायाधीशले उद्घाटन गर्दै

काठमाडौँ । सर्वोच्च अदालतमा मंगलबारबाट स्वचालित तारेख व्यवस्थापन सुरु हुने भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले मंगलबार बिहान ११ बजे स्वचालित तारेख व्यवस्थापनको उद्घाटन गरी सुरुवात गर्न लागेका हुन् ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार मंगलबार बिहान ११ बजे प्रधानन्यायाधीश श्रेष्ठ आफैँ तारेख दिने स्थानमा गई स्वचालित तारेख व्यवस्थापनको सुरुवात गर्न लागेका हुन् । यसअघि फाँटका व्यक्तिहरूले दुई पक्षको सहमतिमा पेसी तारेख दिने गरेकामा मंगलबारबाट स्वचालितरुपमा सिस्टमबाटै पेसी तारेख दिन लागिएको हो ।
प्रवक्ता पौडेलका अनुसार अब मुद्दा दर्ता भएको मिति, विपक्षीको सङ्ख्या, अग्राधिकार पाएको नपाएको र कुन प्रकृतिको रिट वा मुद्दा हो, सोही अनुसार सिस्टमबाट नै पेसी तारेख उपलब्ध हुनेछ । सिस्टमबाटै तारेखको मिति तोकिँदा तारेख छिटो वा ढिलो आएको भनी आउने गरेको गुनासो सम्बोधन हुने प्रवक्ता पौडेलले बताए ।
तत्कालका लागि सर्वोच्च अदालतबाट अटोमेटिक तारेख व्यवस्थापन सुरु गरिने र बिस्तारै उच्च र जिल्ला अदालतमा पनि स्वचालित तारेख व्यवस्थापन गर्ने तयारी रहेको प्रवक्ता पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपसचिव हुँ भन्दै ठगी गर्ने एक महिला पक्राउ
-
तत्काल प्रमुख निर्वाचन आयुक्त नियुक्त नगर्ने ओलीको ‘मुड’
-
शिक्षक आन्दोलनको २० औँ दिनमा शिक्षामन्त्रीद्वारा राजीनामा, मन्त्रिपरिषद् बैठक बस्दै
-
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
-
५२ संवैधानिक नियुक्तिविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा
-
जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्ने विषयमा सरकार गम्भीर : वनमन्त्री