युवा संघमा विवाद : सदस्य–सचिवको जिम्मेवारी नलिने राईको घोषणा
सोमबार, ११ भदौ २०८०, १० : ११

काठमाडौँ । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका सदस्यसचिव सञ्जीप राईले जिम्मेवारी अस्वीकार गरेका छन् । आइतबार सम्पन्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले राईलाई सदस्य सचिवको जिम्मेवारी तोकेको थियो ।
त्यस्तै कृष्ण विकलाई संयोजक र नितेष पौडेललाई सहसंयोजक तोकेकोमा पौडेलले समेत आपत्ति जनाउँदै सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् । ‘युवा संघ नेपालको भाद्र १० गते सम्पन्न सचिवालय बैठकले मलाई संगठनको सदस्य–सचिव घोषण गरे पनि, म यो जिम्मेवारीमा नरहने जानकारी गर्दछु । साथै मप्रति श्रद्धा, माया र शुभेच्छा प्रकट गर्नुहुने सबै कमरेडहरूलाई विशेष धन्यवाद’, राईले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व सम्पदा दिवस : व्यास सम्पदा संरक्षणका लागि पदयात्रा
-
पत्रकार हुँ भनेर धम्की दिने एकजना पक्राउ
-
चन्द्रागिरिमा घाँटीमा चोट लागेको अवस्थामा भेटिए पुरुष
-
‘हेल्लो काशीराम’ बारे फुलन्देकी आमा – हास्य र व्यङ्ग्यको अनौठो मिश्रण
-
अमेरिका र युरोपबिच व्यापार सम्झौताको सम्भावना, इटालीका प्रधानमन्त्रीले भेटिन् ट्रम्पलाई
-
कर्मचारीलाई बेवास्ता गरेर ऐन ल्याए आन्दोलनमा उत्रिने चेतावनी