कृषि उत्पादनमा वातावरण प्रदूषणका चुनौती
वर्तमान समयमा गाउँ पनि सहर बन्दै गएका छन् । बिस्तारै सहरी सुविधा गाउँमा पुग्दै छन् । कतिपय गाउँमा बिजुली, पानी, सडकलगायतका आधारभूत सुविधा पुगेकाले ग्रामीण जीवन स्तरमा सुधार आएको छ ।
भौतिकवादी जीवनशैली अहिले ग्रामीण क्षेत्रमा जीवनको अभिन्न अङ्ग बन्दै गएको छ । एकातिर ग्रामीण जीवनयापन गर्न सहज भएको छ भने अर्कोतर्फ गाउँमा प्रकृतिसँग मेलमिलापमा बाँच्ने जीवनशैली समाप्त हुँदै गएको छ । यही कारण आज सहरमा देखिने समस्या र विकृतिबाट गाउँमा पनि देखिन थालेका छन् । ग्रामीण क्षेत्रमा प्रकृतिसँग मेलमिलाप गरी बाँच्नु, प्राकृतिक रूपमा जीवन बिताउनु र आफ्नो आहारमा प्राकृतिक खाद्यवस्तु समावेश गर्नु शताब्दीयौँदेखि नेपाली ग्रामीण जीवनशैलीको अभिन्न अङ्ग बन्दै आएको छ । तर यो जीवनशैलीको पुरातन सम्पदाले आफ्नो अस्तित्व गुमाएको छ ।
कुनै समय गाउँ वातावरणको सबैभन्दा नजिकको मित्र मानिन्थ्यो । हरिया रुख र बोटबिरुवा, बाली, पशुपन्छीको चहलपहलले गाउँमा प्रकृतिप्रेमीको ध्यान तान्थ्यो । तर आज वातावरणको सबैभन्दा ठूलो मित्र गाउँ नै आफ्नो शत्रु बनेको छ । हामीले प्राकृतिक सम्पदाको कम उपयोग र सकेसम्म बढी संरक्षण गर्नुपर्छ । अनि मात्र हाम्रो पृथ्वी र वातावरण सुरक्षित हुने छ । तर वातावरण संरक्षण भइरहेको छैन । यही कारणले आज वातावरण र प्रकृति दुवै खतरामा छन् ।
विषादीको अव्यवस्थित प्रयोगले वातावरण प्रदूषित हुँदै गएपछि कृषिमा महत्त्वपूर्ण भूमिका खेल्ने किसानका मित्र कीरा पनि मारिने गरेको छ । यसले शत्रु कीराको सङ्ख्या निकै बढेको छ ।
नेपाल कृषि प्रधान देश हो । अधिकांश जनसङ्ख्या कृषिमा निर्भर छ । बढ्दो जनसङ्ख्यालाई ध्यानमा राख्दै कृषिमा वातावरणको महत्त्व धेरै गुणा बढ्दै गएको छ । उत्पादन वृद्धि गर्न कृषकले असन्तुलित मात्रामा रासायनिक मल र विषादीको जथाभाबी प्रयोग गरिरहेका छन् । यसका कारण खेतबारीको माटोदेखि हावा, पानी, फलफूल, तरकारी, अनाज, दूध, मासु सबै बिग्रिँदै गएको छ । यसले गाउँका पोखरी, खोला र नहरलाई पनि असर गरिरहेको छ । यो स्वास्थ्यका लागि राम्रो होइन । विषादी, झार मार्ने वा रासायनिक मलको उपभोगलाई हेर्दा विगत दुई दशकयता बढेको छ । चिन्ताजनक पक्ष के छ भने किसानहरूले आफ्नो स्तरभन्दा धेरै औषधी प्रयोग गरिरहेका छन् । ती औषधी घातक छन् । आज सबैको एउटै लक्ष्य उपज बढाउने र धेरै आम्दानी गर्ने छ, जनस्वास्थ्यमा हानि पुगे पनि । यही कारणले स्वास्थ्य र वातावरण संरक्षण गर्न सन्तुलित मल र एकीकृत कीरा व्यवस्थापनको प्रयोगमा आज कृषि वैज्ञानिकहरूले जोड दिइरहेका छन् ।
विषादीको अव्यवस्थित प्रयोगले वातावरण प्रदूषित हुँदै गएपछि कृषिमा महत्त्वपूर्ण भूमिका खेल्ने किसानका मित्र कीरा पनि मारिने गरेको छ । यसले शत्रु कीराको सङ्ख्या निकै बढेको छ । शत्रु कीरा बढ्नु खेतीका लागि राम्रो सङ्केत होइन । खेत र बालीमा मिल्ने कीरा प्रशस्त भएमा शत्रु कीराले फैलने मौका पाउँदैन । यसले बालीमा कीराको प्रकोप कम हुन्छ । त्यति मात्र होइन, त्यस्ता विषादीको प्रयोगले बाली र किसानलाई सहयोग गर्ने चराका धेरै प्रजाति लोप भएका छन् । तिनीहरूले बिरुवाहरूमा परागणबाट शत्रु कीरा खाएर वातावरण सफा राख्न काम गर्छन् । यी चरामा भँगेरा, गिद्ध, पहाडी बटेर, सुगा, बाया, चरा, सेतो परेवा, हरियो चरा, नीलकण्ठ, सारस, वाटर कुकरको नाम मात्र बाँकी छ ।
झारपात फैलनबाट रोक्न मल्चिङ जस्ता जैविक क्रियाकलापलाई प्रवद्र्धन गर्न आवश्यक छ । रासायनिक मलको सन्तुलित प्रयोग र गाईको गोबर मल, कम्पोस्ट मल, वर्मी कम्पोस्टको प्रयोग गर्नु पर्छ । गाउँ गाउँमा पनि पोलिथिनको प्रयोग धेरै छ । त्यसको मुख्य कारण पोलिथिन झोलाको बढी प्रयोग हो । पोलिथिनलाई ‘प्रयोग र फ्याँक’को संस्कृतिले बढावा दिएको छ ।
ग्रामीण क्षेत्रमा काटिने रुखको सङ्ख्याको अनुपातमा नयाँ रुख रोपिएको छैन । कुनै समय जङ्गलै मात्र भएको ठाउँमा आज रुखको नाम निसान छैन ।
पोलिथिन वातावरणको शत्रु हो । पोलिथिन जमिनमा गाडेपछि पनि नष्ट हुन करिब २०० वर्ष लाग्छ । जलायो भने पनि यसले धेरै विषाक्त ग्यास उत्सर्जन गर्दछ । यो ग्यास मानवका लागि मात्र होइन बोटबिरुवा, जनावर र पन्छीका लागि पनि धेरै नै हानिकारक हुन्छ । प्लास्टिक वा पोलिथिन जमिनमा गाड्दा वरपरको पानी पनि बिग्रन्छ । यसले जमिनभित्रको पानीमा विषाक्त तत्त्व मिश्रण भएर प्रदूषित हुन पुग्छ ।
ग्रामीण क्षेत्रमा काटिने रुखको सङ्ख्याको अनुपातमा नयाँ रुख रोपिएको छैन । कुनै समय जङ्गलै मात्र भएको ठाउँमा आज रुखको नाम निसान छैन । यही कारण प्रायः सामान्य वर्षा हुँदैन, खडेरीको अवस्था सिर्जना हुन्छ । तापक्रम बढ्नुको मुख्य कारण पनि यही हो । वर्षा, जाडो र गर्मीको प्राकृतिक सन्तुलन बिग्रिएको छ । त्यसले बालीमा कीराको प्रकोप बढ्दै जाँदा उत्पादनमा पनि कमी आएको छ । वातावरणीय सन्तुलन बिग्रन थालेपछि जलवायु परिवर्तन र ग्लोबल वार्मिङ जस्ता समस्या देखिन थालेका छन् । पृथ्वीको तापक्रम बढेसँगै हिमसिला पग्लने खतरा छ । त्यसले नदीहरूको अस्तित्व नै सङ्कटमा पारेको छ । सिँचाइको अभावमा बाली सुक्छ र बाढी जस्ता प्रकोप पनि आउँछ । कार्बनडाइअक्साइड, मिथेन, क्लोरोफ्लोरोकार्बन, नाइट्रस अक्साइड र जलवाष्प जस्ता ग्यासहरूले ओजोन तहमा प्वाल परेको र हरितगृह ग्यासहरूको प्रभावका कारण पृथ्वीको तापक्रम बढेको तापक्रम वृद्धिमा पनि हानिकारक ग्यासहरूको भूमिका कम छैन। ।
मानव जीवनमा वातावरणको उपयोगिता पिउनका लागि पानी र खानका लागि खाना जत्तिकै महत्त्वपूर्ण छ । स्वस्थ वातावरणबिना जीवको जीवन कल्पना गर्नु अर्थहीन छ । वातावरणीय सन्तुलन बिगार्नमा मानिसको भौतिकवादी सोच पनि कम जिम्मेवार छैन । विकासको अन्धो दौडमा आज सबै जना अगाडि र पछाडि नहेरी एकअर्काको अगाडि बढ्ने प्रतिस्पर्धामा छन् । हामीले समयमै वातावरण संरक्षण गर्न अगाडि नआएमा यसको मार आगामी पुस्ताले भोग्नुपर्ने छ । गाउँगाउँमा बसोवास गर्ने जनताले वातावरणको आवश्यकता बुझेर बढीभन्दा बढी रुख रोप्नुपर्छ । पोलिथिनको प्रयोग बन्द गर्नु पर्छ । कीटनाशक विषादी र रासायनिक मलको प्रयोग कम गर्नुपर्छ । प्राकृतिक खेतीलाई अवलम्बन गर्ने प्रयाससँगै विषदीमुक्त अन्नको खेतीतर्फ लाग्नु पर्छ । यसले स्वास्थ्यको साथै वातावरण पनि जोगाउँछ । प्रकृतिसँग सन्तुलन मिलाएर खेतीपाती गरियो भने मानिस, पशु, पन्छी र पृथ्वी सबैको कल्याण हुन्छ ।