नेपालका म्याक्स बस्नेतलाई स्कटल्याण्ड च्याम्पियनको उपाधि

लन्डन । नेपालका बक्सिंग खेलाडी म्याक्स (मनोहर) बस्नेतले बेलायतको स्कटल्याण्डमा आयोजित एक बक्सिंग प्रतियोगितामा स्कटल्याण्ड च्यामपियनको उपाधि हात पारेका छन् । नेपालको प्रतिनिधित्व गर्दै बेल बक्सीङ्ग एकेडेमी, स्कटल्याण्डको निमन्त्रणामा प्रतियोगिताको लागि बस्नेत बेलायत आएका हुन् ।
शनिबार राति बेलायतको स्कटल्याण्डमा आयोजना गरिएको स्कटिस्ट क्रुज वेट च्याम्पियनमा बस्नेतले स्कटल्याण्डका बक्सर च्याम्पियन अलिस्टेअर फ्रेवलाई पराजित गर्दै सो उपाधी हात पारेका हुन् । स्कटल्याण्डको आएर रेसकोर्समा सम्पन्न उक्त प्रतियोगिता जितेसंगै बस्नेत युरोपियन बक्सिंग च्यामपियनका लागि पनि छनोट भएका छन ।
स्कटल्याण्ड च्यामपियन जितेलगत्तै उनी स्कटल्याण्डको पूरानो बक्सिंग क्लब बेल एकेडेमीको सीइओ नियुक्त भएका छन् । बक्सिङ खेलमा चिरपरिचित नाम म्याक्स बस्नेत कैयौं पटक राष्ट्रिय च्याम्पियन बनिसकेका छन् भने विदेशका विभिन्न ठाउँमा पनि उनले प्रतिनिधित्व गरेका छन् ।
नेपाली खेलाडीहरुमा प्रचुर सम्भावना रहेको तर सरकारको तर्फबाट पर्याप्त सहयोग नपाएका कारण नेपाल पछि परेको उनी बताउछन् । पर्याप्त सम्भावना हुँदाहुँदै पनि आफूहरु पछि परेको बताउदै नेपालीको नामले नै कतिपय विदेशी खेलाडीहरुको आत्मबल कम्जोर हुने गरेको उनको अनुभव छ । नेपाली खेलाडीलाई विदेशमा जाने अवसर दिलाउन सकेमा खेलाडीको आत्मबल बढ्ने र देशको समेत इज्जत बढ्ने उनको धारणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन देखायो चासो, भैरहवा र पोखराबाट उडान गर्न आग्रह
-
हिमालपारिबाट पालिकाको गुहार – शिक्षा प्रणाली बिग्रिन लाग्यो, शिक्षक फर्काइदेऊ
-
वीरगञ्जमा रिपोर्टिङ गर्न गएका दुई पत्रकार घाइते
-
कोलकातासामु निरीह बन्यो पञ्जाब, १११ रनमा अलआउट
-
करेन्ट गुट्खा, भोला गुट्खा, भोला पावर खैनी र जीत खैनीको बिक्री वितरण रोक्का
-
शिक्षकहरू काठमाडौँको सडकमा, गाउँघरतिर शैक्षिक गतिविधि ठप्प